आधा दर्जन लघुवित्तले प्रस्ताव गरे लाभांश, कुन कम्पनीको कति ?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा ६ ओटा लघुवित्त कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा ५५ ओटा लघुवित्त वित्तीय संस्था सूचीकृत छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यस कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।  सबैभन्दा बढी लाभांश वितरण गर्ने लघुवित्त कम्पनीको सूचीमा दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरनीलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश १० वर्षयताकै न्यून हो । अघिल्लो आवको मुनाफाबाट कम्पनीले १५ प्रतिशत बोनस शेयर र ६ दशलमव ०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको थियो ।  त्यस्तै आरएसडिसी लघुवित्तले गत आवको नाफाबाट हाल कायम चुक्ता पूँजी ८ दशमलव ६० प्रतिशत र कर प्रयोजनार्थ शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारितको लागि कम्पनीले मङ्सिर १५ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मङसिर ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।  त्यसैगरी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट पनि आफ्ना शेयरधनीलाई १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस कम्पनीले नगद लाभांशमा जोड दिएको छ । 

सम्बन्धित सामग्री

पडकास्ट: यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्ने? कसरी घटाउने १३,८५० डलर?

अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल सिजन सुरु भइसकेको छ । यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्नुपर्छ? कति आम्दानी हुनेहरुले ट्याक्स फाइल गर्नुपर्छ? स्ट्याण्डर्ड डिडक्सनमार्फत करयोग्य कति आम्दानी घटाउन सकिन्छ? पेपल लगायतका एप्लीकेशनबाट गरेको आम्दानी रिपोर्ट गर्नुपर्छ कि पर्दैन? उपहारबाट पाएको रकम र अन्य आम्दानीमा ट्याक्सको नियम के फरक छ ? आईआरएसको फन्दामा नपर्न […]

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : सांसद देवकोटा

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,

गाल्ने कुरा कति

आफ्नो नाक काट्दै टाल्ने कुरा कति गए जान्छ इज्जत फाल्ने कुरा कति।।   कोहि भन्ने फू गरि उडाइ दिन्छौँ अब बल्ल बल्ल ठडिएको ढाल्ने कुरा कति।।   बिनासित्ति खेदो खन्छन् आजकल किन सानो निउमा सडकमा बाल्ने कुरा कति।।   घ्यूका ठेकि आफै सँग जता बाँडौँ खुसि काँधमा थैलो बोक्नेतिर हाल्ने कुरा कति।।   नदिउँ भने […]

आग्लो खान्छन् कति

पाँच वर्षका पाहुना कस्ले मान्छन् कति नचिनेको हजुर भनि हात तान्छन् कति।। गएपछि यता गाउँमा आउने कुरा छैन दाउपरे भाग खान कता जान्छन् कति।। मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।। भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।। सुम्सुमाइ चिल्लो घसि माया गरे […]

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading

हामी कति भाग्यमानी!

आहा! हामी कति भाग्यमानी, अरूकै भरमा चल्छ यो जिन्दगानी।  काम होस् या माम, अर्को कै भर पर्नुरहेछ। आफ्नो त के छ र, सुन्दर, शान्त विशाल देश महान!

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।