आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

सरकारले आगामी एक वर्षमा ७१५ मेघावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताएको छ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा बन्द भए लघु जलविद्युत् आयोजना

कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँड

कालीकोटमा ३३ केभी विद्युत् प्रसारण लाइन जडान

कालीकोट । कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभी विद्युत् जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभीमा विस्तार गरिएको हो । विगतमा कालीकोटमा ११ केभी प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्न ३३ केभी प्रसारण लाइन जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘यसले विद्युत् आपूर्ति नियमित हुने तथा भोल्टेजमा घढबढ हुँदैन ।’ यो कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केद्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अघि बढ्ने प्रमुख पौडेलले बताए । ‘जिल्लाका ९ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ,’ उनले भने, ‘अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ ।’ कर्णालीका दशमध्ये अझै तीन जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन । दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत् प्राधिकरणले रू. २५ अर्बको बजेट विनियोजन गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘अहिले विद्युत् नपुगेका हुम्ला, मुगु र डोल्पामा सोलार प्लान्ट जडान गरेर विद्युत्को आपूर्ति गरिनेछ,’ उनले भने, ‘अन्य जिल्लामा विद्युत्को लाइन विस्तार गरेर दुई वर्षमा कर्णालीका सबै गाउँ गाउँमा विद्युत् पुर्‍याइनेछ ।’ रासस

सबै वडा जोडिए राष्ट्रिय प्रसारण लाइनमा

जिल्लाको भगवतीमाई गाउँपालिकाका सबै वडा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । दुई वर्षअघि गाउँपालिकाको केन्द्रमा पु-याइएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छवटै वडामा विस्तार गरिसकिएको सो गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दोलखाको पर्यटकीय क्षेत्र बेदिङ

मंसिर,२५, दोलखा । दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा रहेको प्रसिद्ध पर्यटकिय स्थल बेदिङ गाउँ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइन बेदिङ पुर्‍याएपछि पर्यटकीय सो गाउँ  राष्ट्रिय प्रसारणमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भू- धरातल भएपनि बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई मिटर बक्स वितरण गरिने ढकालको भनाइ छ । हिम आरोहिको गाउँको रुपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ ।  समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघु जलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द अवस्थामा थियो । पर्यटकीय गाउँको रूपमा प्रसिद्धि कमाएको बेदिङमा  ८५ घरधुरीको बसोवास रहेको छ । उज्यालोकोलागि अहिलेसम्म स्थानीयहरु सौर्य उर्जामा निर्भर थिए ।  नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार १ हजार १०० केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन् । जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने  भएपछि आफूहरु खुसी भएको बेदिङका  स्थानीयहरुले बताएका छन् । गौरिशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँ घरैपिच्छे सगरमाथा आरोहीहरु छन् । च्छोरोल्पा जाने बाटो यहींबाट पर्दछ । एक दिनको पैदल दूरीमा छो–रोल्पा हिमताल पुग्न सकिन्छ ।  बेदिङमा रहेका हरेक घर होटलको रुपमा सञ्चालित छन् । स्थानीयहरुको आयआर्जन बढाउनकालागि गौरिशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमष्टे सञ्चालन गर्न मद्दत गरिहेको छ ।  बेदिङ  छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरुको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ  पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरु ना गाउँबाट बेदिङ झर्ने गर्दछन् । पर्यटकीय क्षेत्र भएकोले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्ष अघि नै जीएसएम टेलिफोन सेवा सञ्चालनमा विगत ल्याइसकेको छ । विद्युतको पहुँच पुगेपछि बेदीङको जनजीवन सहज हुनाका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदीङवासीको आशा छ ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

जुम्ला सदरमुकाम खलंगा आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याएसँगै खलंगासहित आसपासका गाउँका दुई हजार एक सय घरमा एकैसाथ बिजुली बलेको हो ।

जुम्ला जोडियो राष्ट्रिय प्रसारण लाइनमा

कर्णालीको जुम्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरण जुम्लाले आइतबारदेखि जुम्लालाई विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो । प्राधिकरणका जुम्ला वितरण प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडेको छ । गत असारमा कालीकोट पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार तीव्र गतिमा काम गरिरहेको थियो, सोहीअनुसार जुम्लाबाट कर्णाली राजमार्ग क्षेत्रको कालीकोटको मान्मसम्म लाइन जोड्नु पूर्ण लाइनसमेत परीक्षण ग

मनाङमा राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

मनाङ – केन्द्रीय विद्युत प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको सुरुदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो । बाढीपहिराले प्रसारण लाइनमा ८० लाख बराबरको क्षति पु¥याएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले […]

राष्ट्रिय प्रसारण लाइन आएको ५ महिनामै क्षति

मनाङ : केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो ।  बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पुर्‍याएक…

राष्ट्रिय प्रसारण लाइन आएको ५ महिनामै क्षति

मनाङ : केन्द्रीय विद्युत् प्रसारण लाइन आएको पाँच महिनामै मनाङको विद्युत् सेवामा बाढीपहिराले क्षति पुर्‍याएको छ । यही असारको शुरुआतदेखि परेको अविरल वर्षाका कारण जिल्लामा पहिलोपटक आएको नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेको हो ।  बाढीपहिराले प्रसारण लाइनमा रु ८० लाख बराबरको क्षति पुर्‍याएक…