जिल्लाको भगवतीमाई गाउँपालिकाका सबै वडा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । दुई वर्षअघि गाउँपालिकाको केन्द्रमा पु-याइएको राष्ट्रिय प्रसारण लाइन गाउँपालिकाका छवटै वडामा विस्तार गरिसकिएको सो गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिनुभयो ।