कर्णालीको जुम्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्राधिकरण जुम्लाले आइतबारदेखि जुम्लालाई विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडेको हो ।
प्राधिकरणका जुम्ला वितरण प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडेको छ । गत असारमा कालीकोट पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।