थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ ।

सम्बन्धित सामग्री

थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा - Nepal Japan

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुच

थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ । उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौँसम्मको […]

तनहुँ जलविद्युत् आयोजनाको प्रगति ३९ प्रतिशत

तनहुँ : जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणको समग्र प्रगति ३९ दशमलव ४२ प्रतिशत पुगेको छ। आयोजनाको प्याकेज–२ अन्तर्गत १, २ र ३ को पावरहाउस पुग्ने टनेल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ। आयोजनाको प्याकेज–२ अन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने काम भइरहेको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए। कुल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिने छ। हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन ज

चेपेखोला जलविद्युत् निर्माणको काम अनिश्चित

आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य राखेको छ।...

चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन

काठमाडौँ,११ पुष । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विजुली प्रवाह हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणको काम आगामी चैतभित्र सक्नेगरी धमाधम काम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित […]

न्यादीखोलाको ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

लमजुङ । न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माण सम्पन्न भएको करीब २ महीना बित्दासमेत उत्पादित ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेको थिएन । मस्र्याङ्दी गाउँपालिका–६ ङादीखोलाबाट गत पुसमा विद्युत् उत्पादन गरिएको थियो । उक्त बिजुली खेर गइरहेको आयोजना कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गत खुदी सबस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रूपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको हो । प्राधिकरणसँग सहमति भइसकेको अवस्थामा माथिल्लो मस्र्याङ्दी ‘ए’को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेको र केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अमात्यले बताए । आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाका अनुसार २२० केभीको प्रसारण लाइनमा जोड्न खुदी सबस्टेशनसम्म ६ किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । च्याम्पाटाको १३२ केभीसम्म पुर्‍याउन थप तीन किलोमिटर प्रसारण लाइन आयोजना आफैले निर्माण गरेको छ । निर्माणाधीन २२० केभीको प्रसारण लाइनको खुदी सबस्टेशनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ । २०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजना ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता थियो । पटक–पटक म्याद थपिएको उक्त आयोजनाको लागत रू. ६ अर्बभन्दा बढी छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले रू. साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी छ । रासस

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत

इलाम । इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ । आउने चैत मसान्तभित्र उपभोक्ताका घरमा पानी झार्ने गरी काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिकाभित्र रहेका सडक निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले पुनः मर्मत गर्ने तयारी भइरहेको छ । रिजर्भ ट्यांकी र वितरण लाइनमा परीक्षणका लागि पानी छोड्दै जाने बताइएको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ । शुरूको लागतको अनुमानित रकम ५ प्रतिशतले हुने चार करोडभन्दा बढी रकम उपभोक्ताले जम्मा गरिसकेका छन् । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबिसै घण्टा पानी पाउने बताइएको छ ।      करिब चार हजार घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म दुई हजार ८०० धारा जडान गरिसकिएको छ । ८४ करोड ७९ लाख १८ हजार रुपैयाँ लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाखको सम्झौतामा काम भइरहेको छ । सन्दकपुर गाउँपालिकामा रहेका विभिन्न खोल्साको पानी जम्मा गरेर इलाम बजारमा ल्याइँदै छ, जसमा ४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १०० धारामा चौबिसै घण्टा खानेपानी आउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए । रासस

चिलिमे–त्रिशूली प्रसारण लाइनको काम अबकाे ७ महिनाभित्र सक्ने लक्ष्य

रसुवा : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाले अहिले टावर निर्माणको कामलाई गति दिएको छ ।  प्रसारण लाइनमा जोडिने जलविद्युत् आयोजनाहरूको प्रसारण समय नजिकिँदै जाँदा आयोजना निर्माणमा गति दिइएको हो ।  जिल्लामा निर्माण भइरहेका आयोजनाहरूको विद्युत् उत्पादन हुने समय नजिकिँदै गएपछि आयोजनामा दबाब परेको छ । अबको सात महिनाभित्रमा आयोजनाको काम सकाउने गरी काम गरिरहेको आयोजना प्रमुख शुभारम्भविक्रम शाहले बताउनुभयो । ‘हामीले कामलाई गति दिएका छौँ&rsqu...

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदै भोजपुर

असोज २, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करीब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् । २५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युतले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन । मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर  आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युतको इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ । हिले भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।  केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूर्णरुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबैभन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जानकारी दिएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ ।  यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूर्णरुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ ।  भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिइन् ।  पौवादुङमा गाउँपालिकाको केही वडामा केन्द्रीय प्रसारणलाइन सञ्चालनमा रहेको भए पनि पूर्णरुपमा विस्तार भएको छैन । यो गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तारका लागि बोलपत्र आह्वान भएर काम थालनी भएको गाउँपालिकाले जानकारी दिएको छ ।  गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दूर्गम क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सौर्यबत्तीलगायत सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्यांग्रेको केही भाग, वडा नं २ तिवारी भञ्याङको करीब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ ।  उपप्रमुख राईले भने, ‘पटकपटक काठमाडौंमा पुगेर विद्युत् विस्तारका लागि बोलपत्र आह्वान गरेर कामको थालनी गर्न त सफल छौँ । ठेकेदारले केही वडामा पोल ल्याएर खसालेको छ, तर पछिल्लो समयमा आएर काममा प्राधिकरणका कारण बाधा पुगेको अवस्था छ । प्राधिकरणले सामान दिन आनाकानी गरेपछि ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । म आफैँ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर यस विषयमा जानकारी गराउँदा समेत कामअघि बढ्न सकेको छैन । यसतर्फ प्राधिकरणको ध्यान जान आवश्यक छ ।’  गाउँपालिकामा विद्युत् विस्तारका लागि रू. चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जानकारी दिएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रू. ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।  हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई ओटा वडाका करीब ५० ५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिए ।  षडानन्द नगरपालिकाका करिब केन्द्रीय र स्थानीय गरी ७० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको उपप्रमुख मेरिका राईले जानकारी दिए । यहाँ १४ ओटा रहेका छन् । सबै वडामा भने पूर्णरुपमा विद्युतीकरणका लागि काम भइरहेको नगपालिकाले जानकारी दिएको छ । साल्पासिलिछो गाउँपालिकामा पनि केन्द्रीय प्रसारणलाइन विस्तारको थालनी भएको छ । अन्य स्थानीयको तुलनामा यहाँ काम ढिला शुरु भएको हो । वडा न १ र २ कुलुङसम्म केन्द्रीय लाइन विस्तार भएर परीक्षण भइरहेको गाउँपालिकाल अध्यक्ष महेश राईले जानकारी दिए ।  केही समयअघिबाट मात्र केन्द्रीय लाइन विस्तार भएकाले यहाँका स्थानीय स्थानीयस्तरमा उत्पादन भएको विद्युत्लाई प्रयोग गर्दै आएका छन् । यहाँ आठ ओटाको हारहारीमा पेल्टी सेट जडान गरेर विद्युत् निकालिएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार यहाँका करीब ५० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेका छन् । रासस