लघुवित्त बैंकर्स संघको नेतृत्त्वको लागि माहोल तात्यो, कसको सम्भावना कति ?

लघुवित्त वित्तीय सँस्थाहरुको सीईओहरुको छाता संगठन 'नेपाल लघुवित्त बैंकर्स संघ' को पन्ध्रौँ बार्षिक साधारणसभा भोलि अर्थात कात्तिक ५ गते हुने भएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यमा हुन लागेको सभाले नयाँ कार्यसमिति चयन समेत गर्ने भएको छ। बिगतमा नयाँ कार्यसमिति चयन अर्थातनिर्वाचन हुने साधारणसभाको चर्चा हुने भएपनि यसपटक भने अवस्था सामान्य जस्तै रहेको देखिएको छ। माहोल सामान्य हुनुलाई अध्यक्ष लगायतका महत्त्वपूर्ण पदका लागि इच्छुकले खुलेर दाबी नगरेकाले बिगतकै कार्यसमिति दोहोरिने सम्भावना रहेको अर्थ्याईएको छ। अध्यक्षको जिम्मेवारी सम्हाले पश्चात कोभिड १९ को महामारीका कारण धेरै काम गर्ने माहोल नबनेकाले बहालवाला अध्यक्ष बसन्त लम्सालनै पुन: अध्यक्षमा दोहोरिने सम्भावना रहेको बताइन्छ। लम्साललाई पुन अध्यक्ष बनाउने बिषयमा मोटामोटी सहमती जुटिसकेकाले सम्भवत अध्यक्ष लगायतका अरु महत्तपूर्ण पदको लागि निर्वाचन हुने सम्भावना न्यून रहेको जनाइन्छ। लम्साल बिजय लघुवित्तका प्रमुख कार्यकारी हुन्।  तर केहि लघुवित्तका प्रमुख कार्यकारीहरुमा बहालवाला अध्यक्ष लगायतका पदाधिकारीहरुप्रति असन्तुष्टि बढेकाले नयाँ कार्यसमितिको समेत आवाज उठेको छ। यद्दपी असन्तुष्टिका यी आवाजहरु बाहिर आईसकेका भने छैनन्। यता अध्यक्षमा बसन्त लम्साललाई दोहोर्याउने बिषयमा सहमति नजुटेमा र निर्वाचन नगरी सहमतिमै अर्को नेतृत्त्व बनाउने अवस्था आएमा एनएमबिए को अध्यक्षमा लक्ष्मी लघुवित्तका सीईओ प्रकाश राज शर्माको पनि सम्भावना रहेको बताइन्छ। अघिल्लो निर्वाचनमा पनि चुनाव नै गर्ने अवस्था आएको र अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना बढेकाले शर्माले अध्यक्षको दाबेदारीबाट पछाडी हटेका थिए। उपाध्यक्ष, महासचिव जस्ता पदमा सहमति जुट्ने सम्भावना भएपनि सचिव तथा कार्यकारी सदस्य लगायतका पदमा भने निर्वाचन नै हुने देखिन्छ। वोमी लघुवित्त वित्तीय सँस्था र सुर्योदय लघुवित्त वित्तीय सँस्था मर्जरमा जाने र वोमीले सीईओ पद गुमाउनेगरि सम्झौता भएकाले सचिव पदमा ओमीका  सीईओं प्रमेश आचार्य दोहोरिने वा अर्को पदमा रहने सम्भावना टरेको छ। त्यसैले पनि उनको ठाउँमा अर्को व्यक्ति आउने पक्कापक्कि जस्तै भएको छ। त्यस्तै कार्यकारी सदस्य पदका आकांक्षीहरु पनि बढिरहेकाले सम्भवत कार्यकारी सदस्यको लागि निर्वाचन हुने पक्कापक्कि जस्तै भएको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सँस्था लगायत केहि लघुवित्तका सीईओहरु पनि 'नेपाल लघुवित्त बैंकर्स संघ' को कार्यसमितिमा आफ्नो स्थान चाहेकाले निर्वाचन हुने पक्कापक्कि जस्तै भएको हो। केहि लघुवित्तका सीईओहरुले भोलि निर्वाचनको समयसम्म सदस्य लगायतका पदमा आफ्नो स्थानको सुनिस्चितता नभए अध्यक्षकै लागि पनि उम्मेदवारी दिने सम्भावना रहेको छ।    

सम्बन्धित सामग्री

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतलीघर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो। सभाले ७३ः१०० को अनुपातमा शेयर आदानप्रदान...

काठमाडौँमा लघुवित्त पीडितको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त पीडितहरुले लघुवित्त संस्थाहरुलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरुले विभिन्न माग राखेर आइतबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो। उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तहरुले लगाएको ऋण मिनाह गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुल्क प्रदान गर्नुपर्नेलगायतका माग राखेका छन्। यसैबीच लघुवित्त […]

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

३ वैशाख, सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ । आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले ३ घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो । प्रहरीले यातायात सञ्चालनमा […]

लघुवित्त र मिटरब्याजी पीडितद्वारा काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौँमा आन्दोलन गरेका छन्। मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाहरुबाट काठमाडौँ आएका उनीहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरुले लघुवित्त र […]

लघुवित्त र मिटरब्याजीपीडितले गरे प्रशर्दन [तस्बिरहरू]

लघुवित्त र मिटरब्याजीपीडितले काठमाडौंमा आन्दोलन गरेका छन्। मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्।  विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्।...

विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सहमति

२७ मंसिर, काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसनमा मर्जरमा जाने भएका छन् । सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गण्डकी प्रदेशको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक […]

लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन

लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्त संस्थाहरूले […]

लघुवित्त खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

लघुवित्त संस्थाहरु खारेज गर्न माग गर्दै यसका सदस्यहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरु नव सामन्तीको रुपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन...

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त

काठमाडौं, ५ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । संस्थाले […]

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ

काठमाडौँ – लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो। नयाँ निर्देशिका अनुसार नगद वा लाभांश सेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो। निर्देशिका अनुसार यदि कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी […]