इन्टरनेट सेवा प्रदायक कम्पनी मिथिला डिजिटल नेपाल प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले सम्पर्कमा आउन ताकेता गरेको छ । मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले ३५ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न निर्देशन दिएको हो ।
२०७६ साल वैशाख १६ गते प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको रूपमा अनुमति पाएको मिथिला डिजिटल नेपालले अनुमति पाएको ९० दिन भित्र सेवा सञ्चालनमा नगरेको...