काठमाण्डाै - मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।
पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।
यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका १ लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएकाे छ । मोरू वालेट प्रयोगकर्ताले अहिले बिग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरी भुक्तानी गर...