काठमाडौं : काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्समा २२ लाख बजेट खर्च गरेको छ। महानगर क्षेत्रभित्रका खाल्डाखुल्डी तत्काल पुर्न तथा सामान्य समस्या समाधान गर्नका लागि २५ लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेटमा २२ लाख बजेट खर्च भएको महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले महानगरको प्रमुखको जिम्मेवारी पाएसँगै २५ लाख बजेट छुट्याई पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। हाल पनि पूर्वाधार एम्बुलेन्सले निरन्तर काम गर्दै आएको महानगरपालिका पूर्वाधार विभागीय