सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले उठाए २२ लाख

काठमाडाैं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि कलाकारले २२ लाख जम्मा गरेका छन् । प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’मा कलाकारहरुबाटै उक्त रकम जम्मा भएको हो ।बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच कोष स्थापनाको  औपचारिक घोषणा गरिएको थियो । कलाकर्मीहरुद्वारा सञ्चालित उक्त कोष स्थापनकै दिन करिव २२ लाख रुपैयाँ कलाकारबाट जम्मा भएको अभिनेता तथा कोषका कोषाध्यक्ष जीतु नेपालले जानकारी दिए ।‘सिन्धुपाल्चोक जिल्ला मेलम्ची,