शेखर कोइरालाको वडामा काँग्रेसको जित

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको विराटनगर ७ नं. वडामा काँग्रेसका उम्मेदवार मधुबाबु तिवारी विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका  तिवारी एक हजार ३१२ मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याएका छन् । यस्तै एकीकृत समाजवादीका चन्द्रशेखर धाडेवालले तीन सय ९१ मत ल्याए । मधुबाबु यसअघि पनि वडाध्यक्ष थिए । यो क्षेत्र विराटनगरको कोइराला निवास रहेको बजार क्षेत्र पर्दछ ।

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुन्छः शेखर कोइराला

मोरङ – तालमेलका रूपमा स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस मोरङद्वारा १३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले वर्तमान अवस्थामा दलीय गठबन्धनमा निर्वाचनमा अघि बढेर जित हात पार्ने प्रस्ट्याए। शीर्ष तहमा गठबन्धन भए पनि विराटनगरका वडा तहमा कांग्रेस एक्लै प्रतिस्पर्धामा रहेको […]

अपवित्र गठबन्धनले हराए पनि राजनीतिक जित भएको छ : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन्। कोइरालाले अपवित्र गठबन्धनले आफू पराजित हुन पुगेको पनि उल्लेख गरेका छन्। कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन्।कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापना हुने विश्वास पनि व्यक्त गरेका छन्।&

पूर्णबहादुर खड्का जित नजिक, गच्छदार र धनराजबीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि

नयाँ ढंगले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा भएको हारलाई आफूले स्वाभाविक रुपमा लिएको बताएका छन् । तर आफूहरुले लिएको विचारको जित भएको भन्दै उनले अब आफ्नो यात्रा नयाँ ढंगले शुरु गर्ने बताए । कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा उम्मेदवारी दिएका थिए । पहिलो चरणको प्रतिस्पर्धामा दोस्रो स्थानमा आएका उनी दोस्रो चरणमा […]

पहिलो चरणमै सभापति जित्ने शेखर कोइरालाको दाबी

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो समूहमा सक्षम र योग्य उम्म्दवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशत बढी मत ल्याएर जित हासिल हुने […]

आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न पुगे डा. शेखर कोइराला (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा डा. शेखर कोइराला आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका छन् । उनको टिमबाट गगन थापा र डा. मिनेन्द्र रिजालले महामन्त्रीमा उम्मेद्धवारी दिने भएका हुन् । थापाले उम्मेद्धवारी दर्ता गर्नुअघि आफ्नो जित निश्चित् रहेको प्रतिक्रिया दिएका थिए । त्यस्तै, उपासभापतिमा चन्द्र भण्डारी र धनराज […]

आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न कोइरालाको आग्रह

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न आग्रह गरेका छन् । उनले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको कारण आमनिर्वाचनमा कम्युनिष्ट भन्दा कांग्रेस कमजोर हुनपुगेको बताएका छन् । कोइरालाले आज एक विज्ञप्ती जारी गर्दै […]