काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापतिको निर्वाचनमा प्राप्त ४० प्रतिशत मतले आफू भावविभोर भएको बताएका छन्। कोइरालाले अपवित्र गठबन्धनले आफू पराजित हुन पुगेको पनि उल्लेख गरेका छन्। कांग्रेस परिवर्तनको पक्षमा उभिने मतपरिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख गर्दै सभापतिमा निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएका छन्।कोइरालाले देउवाको सभापतिको दोस्रो कार्यकालमा कांग्रेसको गौरव पुनर्स्थापना हुने विश्वास पनि व्यक्त गरेका छन्।&