कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले थप कडाइ गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार बसेको बैठकले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेपछि २५ बुँदे निर्णय गर्दै कोभिड–१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल पालनामा थप कडाइ गर्ने भएको हो ।यी दुवै जिल्लामा अत्यावश्यक कामबाहेक राती ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थानमा हिँडडुलमा रोक लगाइएको छ । त्