कैलाली । कैलाली-कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा कडाइ गरिएको छ । दुवै जिल्लाले अनावश्यक रूपमा सीमा नाकामा हुने आवागमनमा रोक लगाएको जनाएको छ । आइतबार राती १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक कामकाज बाहेक नेपाल–भारत आवागमनमा रोक लगाउने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । आइतबार बसेको […]