कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित भएका तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा राखेर उपचार गर्न थालिएको छ । शुक्रबार राति गरिएको परीक्षणबाट थप तीन जनामा कोरोना संक्रमण देखिएपछि तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको हो । उपचारमा संलग्न चिकित्सकले तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको जनाएका छन् ।