सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण बढ्दो छ । दुवै जिल्लाका प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न गरे पनि कैलाली जिल्ला प्रशासन कार्यालयले सवारी साधनको अभावमा अनुगमन गर्न नसकिएको गुनासो गरेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीको से१झ १ नम्बरको गाडी विगत सात महिनादेखि बिग्रिएर थन्किएको हो ।सोमबार कैलाली र कञ्चनपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले उक्त गाडी मर्मतका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा रकम म