काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसहित विभिन्न १७ वटा संस्थालाई सम्पत्ति कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।
मंगलबार महानगरपालिकाको राजस्व विभागले सरकारी तथा गैरसरकारी गरी १७ वटा संस्थालाई पत्रमार्फत १० दिनभित्र सम्पत्ति कर बुझाउन भनेको हो ।
महानगरले थापाथलीस्थित खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहिटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स...