विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो । वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्ड