गायिका प्रमिला राईको आवाजमा निर्माण भएको ‘ओ साइँला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा मज्जाको राईको शब्द र मबिन्द्र राईको कम्पोज छ ।
लामो समयदेखि हङकङ बस्दै आएका मज्जाको राई हङकङमा म्युजिक भिडियो निर्माण तथा छायांकनमा चिनिएको नाम हो ।
तर, प्रमिलाको यो गीत भने नेपालमै खिचिएको हो ।
गाउँघरमा मनोरञ्जनको पाटो रोदी घरको संस्कृतिलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । मबिन्द्रकै निर्देशन रहेको गीतको भिडियोमा ओम गुरुङ र मेरिना राई फिर्चड छन् ।
गीत हेर्नुहोस्