इलाम । पूर्वी पहाडको एक मात्र सहज नाका पशुपतिनगरमा तीन वर्षअघि खुलेको अध्यागमन कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । गृहमन्त्री नै हेलिकप्टरमा आएर‘तामझाम’का साथ उद्घाटन गरेको सो कार्यालय कामविहीन अवस्थामा छ । स्थानीयको वर्षाैंको दबाब र प्रतीक्षापछि २०७६ वैशाख १५ मा सरकारले पशुपतिनगरबाट तेस्रो मुलुकका पर्यटकको आउजाउ सहज बनाउनेगरी यहाँ अध्यागमन कार्यालय खोलेको थियो […]