रसुवा - चीन प्रवेश रसुवाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण एक वर्षदेखि रोकिएको छ ।
कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मंसिर २७ गतेदेखि पास वितरण रोकेको छ । नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो ।
‘गएको एक वर्षदेखि हामीले पास जारी गरेका छैनौँ’, उहाँले भन्नुभयो, ‘नाकाबाट पार...