ट्‍वीटरको आम्दानीमा ४० प्रतिशत गिरावट

काठमाडौं : सामाजिक सञ्जाल ट्‍वीटरको आम्दानी र समायोजित आम्दानीमा गत डिसेम्बरमा ४० प्रतिशतको गिरावट आएको छ। ट्‍वीटरको वार्षिक आम्दानी वृद्धि दरमा इलन मस्कले गत अक्टोबरमा कम्पनीको जिम्मेवारी लिएपछि भारी गिरावट आएको हो। मस्कले ट्‍वीटर खरिद गरेपछि यस प्लेटफर्मका शीर्ष विज्ञापनदाताहरूले सबै विज्ञापनहरू रोकेका छन्। अनुसन्धान फर्म पाथमेटिक्सले तयार पारेको तथ्यांकअनुसार शीर्ष ३० विज्ञापनदाताहरूमध्ये १४ जनाले…

सम्बन्धित सामग्री

बीमा र अनुदानले स्याउ किसान लाभान्नित

मुगु, २८ माघ । सरकारले बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन् । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट […]

चाडबाडमा पनि उद्योगको उत्पादन ४० प्रतिशत मात्र

विराटनगर। सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ठूलासाना ५ सय उद्योगको उत्पादन चाडबाडको बेला पनि नबढेको सम्बद्ध व्यवसायीले बताएका छन् । अत्यधिक माग हुने बेला पनि उत्पादन ४० प्रतिशतभन्दा माथि जान नसकेको उनीहरूले बताए । उद्योगीहरूले सरकारले विकास बजेट खर्च गर्न नसक्नु, स्थानीय तहमा समयमै बजेट नजानु, सरकारी राजस्व घट्नु र बजार चलायमान नहुनुलाई यसको कारण मानेका छन् ।  दशैंको बेला खाद्य उद्योगसमेतले सन्तुष्ट हुने गरी व्यापार गर्न सकेनन् । अन्यको तुलनामा चाहिँ यी उद्योगको उत्पादन सुधारात्मक देखिएको व्यवसायीको भनाइ छ । बजारमा किनबेचमा आएको कमीले उद्योगको उत्पादन खुम्चिए पनि सरकारले निर्माणलगायत क्षेत्रमा भुक्तानी गर्नुपर्ने रकम रोक्दा समस्या जटिल बन्दै गएको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले बताए ।  सरकारले बैंकहरूमा थुप्रिएको लगानीयोग्य रकमलाई कम ब्याजमा बजारमा प्रवाह गर्नुपर्ने उनको भनाइ छ । कम्तीमा ५ वर्ष कर्जाको ब्याज नबढ्ने ग्यारेन्टी गरे लगानीका लागि कर्जाको माग बढ्ने शारडाको भनाइ छ । सरकारले आर्थिक वर्षको पहिलो दिनदेखि नै भुक्तानी र खर्च शुरू हुने दाबी गरे पनि निर्माण व्यवसायीले ४ महीनासम्म सरकारबाट पाउनुपर्ने रकम नपाउँदा विकास निर्माण प्रभावित भएको र सिमेन्ट, रड, ढुंगागिटीलगायत उद्योगको उत्पादन बढ्न नसकेको शारडाले बताए ।  उनी भन्छन्, ‘सरकारले निर्माण व्यवसायीलाई तत्काल भुक्तानी गर्नुपर्छ । ठेकेदारले कामदारलगायत आफूले मालसामान लिएको डिलर अथवा उद्योगलाई भुक्तानी गर्छ । यसले आर्थिक चक्र चलाउँछ ।’ मैदा, चामल, दाल, तेल मिलहरूले चाडबाडका बेला केही राहत महसूस गरे पनि पहिलेको जस्तो विक्री नभएको व्यवसायीको गुनासो छ । तेल र चामल विक्रीको अपेक्षा पूरा नभएको चन्द्रशिव राइस एन्ड आयल मिलका सञ्चालक नरेश राठीले बताए । उनले भने, ‘यो वर्ष तेल र चामल जोगवनीबाट विनारोकटोक आएकाले नेपालको उत्पादन विक्री नै हुन सकेन ।’  उद्योगीहरूले सरकारले विकास बजेट खर्च गर्न नसक्नु, स्थानीय तहमा समयमै बजेट नजानु, सरकारी राजस्व घट्नु र बजार चलायमान नहुनुलाई यसको कारण मानेका छन् ।  अघिल्ला वर्षहरूमा चाडबाडका बेला दोब्बर हुने व्यापार यसपटक बढेन । भारतीय बजारमा नेपालको तुलनामा तोरीतेल लिटरमा ४५ रुपैयाँ र चामल किलोमा २० रुपैयाँ सस्तो भएकाले चोरीको बाटो भएर भित्रिँदा यता अपेक्षाअनुरूप व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ । सरकारले भन्सार नाकामै कडाइ नगरेसम्म नेपाली उद्योगको नियति सधैं घाटा सहने हुने उनले बताए ।  मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा एशियन थाई फुड्सका सञ्चालक महेश जाजूले ५ महीनादेखि ४० प्रतिशतमा झरेको उद्योगको उत्पादन दशैंतिहारजस्ता चाडले सुधार्छ कि भन्ने आश रहे पनि त्यसो नभएको बताए । चिनीको उपलब्धता सहज नहुँदा महँगोमा किन्नुपर्ने बाध्यताले बिस्कुट, कन्फेक्सनरी, चकलेट, मिठाइजस्ता उद्योगको उत्पादन झन् कम हुँदै गएको जाजूको भनाइ छ । उनले भने, ‘सरकारले समयमै निजीक्षेत्रलाई चिनी ल्याउन दिएको भए अहिले महँगोमा किन्नुपर्ने अवस्था आउने थिएन ।’  सरकारको पूँजीगत बजेट समयमा खर्च नगर्दा र उधारो नउठ्दा उद्योगको उत्पादन कुल क्षमताको ५० प्रतिशतभन्दा तल पुगेको उद्योगीको गुनासो छ । उधारो उठाउने कानून यथाशीघ्र बनाउन पनि उनीहरूले माग गरेका छन् । सरकारले युवा जनशक्तिलाई स्वदेशमा रोक्न उद्योगमैत्री तथा यहीँ नै रोजगारी सृजना हुने वातावरण बनाउन ढिला भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । कुनै दिन मुलुकमा वृद्धहरू मात्रै रहने, देश रेमिट्यान्सले मात्रै चल्ने र सरकारको काम वृद्धभत्ता वितरण गर्नेमा सीमित हुने उनले चेतावनी दिए ।  निर्माण सामग्री उत्पादन गर्ने उद्योगदेखि खाद्य उद्योगसम्मले चाडबाडमा क्षमताको ८० देखि ९० प्रतिशतसम्म उत्पादन गर्थे । तर, यसपटक मागमा गिरावट र खुला सीमाका कारण ४० प्रतिशतमा खुम्चनु परेको नेपाल फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकास बेगवानीले बताए ।  बजार चलायमान नहुँदा हरेक क्षेत्रको विक्री क्रमश: घटेको उनले उल्लेख गरे । सरकारले समयमा चिनी, चामल र गहुँ आयात नगर्दा सस्तोमा किन्न पाइन्छ भनेर उपभोक्ता सीमापारिका भारतीय बजार गएको र तिनलाई रोक्न सरकार असफल हुँदा सीमावर्ती स्वदेशी बजार दशैंमा पनि सुनसान रहेको उनले बताए ।

दशैंको मुखमा मोटरसाइकल आयात ४० प्रतिशत घट्यो

काठमाडौं । सरकारले साउन १ गतेबाट १५० सीसी माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिवन्धको कारण आयात ४० प्रतिशतले घटेको छ । साउनमै आयात प्रतिबन्धको कारण मोटरसाइकलको आयातमा ब्यापक गिरावट भने आएको होइन । साउन महिनामा प्रतिबन्ध लाग्नुअघि नै अधिकांश कम्पनीले मोटरसाइकलको एलसी खोलिसकेका थिए । अहिले बजारमा मोटरसाइकल धेरै स्टकमा रहनु, वित्तीय संस्थाले कर्जा प्रबाह नगर्नु, […]

पश्चिमाहरूको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा

युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा पर्न थालेको छ ।  अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएको बीबीसीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएममा रकम झिक्नेहरूको भिड लागेपछि रुसको केन्द्रीय बैंकले बचत ब्याज दर दोब्बरभन्दा धेरै बढाएर २० प्रतिशत पुर्‍याएकाे छ ।  युरोपेली युनियन (ईयू) को प्रतिबन्धपछि युरोपमा रहेका रुसी स्वामित्वका बैंकहरूले काम बन्द गरिसकेका छन् । मस्को शेयर बजार बन्द रहेको छ । रुसको केन्द्र...

चियाको मूल्यमा गिरावट

झापा– नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ। जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म […]

पोखरा फाइनान्ससहित ८ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट, कुन  कम्पनीको घट्यो ?

असार ७, काठमाडौं । साताको दोस्रो कारोबार दिन  सोमबार कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये आठ ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आठ ओटा कम्पनीमध्ये सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मूल्य ९ दशमलव २६प्रतिशतले घटेको छ ।उक्त कम्पनीको शेयरमूल्य योदिन प्रतिकित्ता रू. ५८८ मा झरेको हो । त्यसैगरी युनिभर्सल पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव १२ प्रतिशत,युनियन हाइड्रोपावरको ८ दशमलव ८१ प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको ८ दशमलव ६२ प्रतिशतका दरले घटेको छ । त्यसैगरी लिवर्टी इनर्जी कम्पनीको ८ दशमलव ५२ प्रतिशत,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको ८ दशमलव ४२ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ८ दशमलव ४० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव २० प्रतिशतका दरले घटेको छ ।   ती कम्पनीहरुको शेयरमा क्रेताभन्दा विक्रेताहरु हावी हुँदा शेयरमूल्यमा उच्च गिरावट आएको हो । योदिन युनिभर्सल पावरको शेयर मूल्य प्रतिकित्ता रू. २७९,युनियन हाइड्रोपावरको रू. ३५२,हिमाल दोलखा हाइड्रोपावरको रू. २६५,लिवर्टी इनर्जीको रू. ३३३,गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको रू. ४५७, प्रोगे्रशिभ फाइनान्सको रू. ३३८ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य रू. २८० कायम भएको छ ।  ती आठ  ओटा कम्पनी बाहेक अरु कम्पनीको शेयरमूल्य पनि घटेको छ । सोमवार कारोबारमा आएका २२७ ओटा कम्पनीमध्ये १७८ ओटा कम्पनीको शेयरमूल्य घटेको हो ।   केहि दिनदेखि घटको बजार सोमवार पनि ७१ अंकले घटेको छ । आइतवार भने  ६१ अंकले बजार घटेको थियो ।  दिनानुदिन उच्च अंकले बजार घटेकाले लगानीकर्ताको मनोबल कमजोर हुँदा धेरै कम्पनीहरुको शेयरमूल्य घटेको देखिन्छ ।

रिलायन्स फाइनान्ससहित ७ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

वैशाख १३, काठमाडौं । शेयर बजारमा सोमवार भारी गिरावट आएको छ ।  योदिन घटेको बजारमा सात  ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको हो । कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिलायन्स फाइनान्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव शून्य ६ प्रतिशतले कमि आएको छ ।  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२८ मा झरेको हो । त्यसैगरी दोस्रोमा छ्याङदी हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ५६ प्रतिशत,सिन्धु विकास बैंकको ७ दशमलव २७ प्रतिशत, युनाइटेड इदि मर्दी हाइड्रोपावरको ६ दशमलव ६७ प्रतिशत,नेशनल हाइड्रोपावरको ६ दशमलव ४१ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ दशमलव ४० प्रतिशत र नेपाल हाइड्रोडेभलोपरको शेयर मूल्य ६ दशमलव २७ प्रतिशतले कमि आएको हो ।  बजार घटेसँगै ती कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्यमा उच्च गिरावट आएको हो । बजार बढ्दा ती कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : बजार घट्न थालेसँगै विक्री चाप बढ्दा शेयर मूल्य घट्न पुगेको हो । रिलायन्स फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. २२८, छ्याङदी हाइड्रोपावरको रू. २६९,सिन्धु विकास बैंकको रू. २६९,युनाइटेड इदी मर्दीको रू.२६६,नेशनल हाइड्रोपावरको रू. १४६, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको रू. २३४ र नेपाल हाइड्रो डेभलोपरको शेयर मूल्य प्रतिकित्ता रू. ३१४ मा झरेको हो ।

हुवावेका मोबाइल विक्रीमा ४० प्रतिशत गिरावट

बेइजिङ । चिनियाँ प्रविधि कम्पनी हुवावेका संस्थापक रेन जेङ्फीले ह्वावेका मोबाइल फोनहरूको अन्तर्राष्ट्रिय बिक्री गत महिना ४० प्रतिशतले घटेको बताएका...

अमेरिकामा डोनाल्ड ट्रम्पको समर्थन घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा लगातार गिरावट आएको छ । एक समाचार च्यानलको सर्भेमा उनलाई हालसम्मकै कम रेटिङ मिलेको छ । यस पटक उनलाई केबल ३५ प्रतिशत समर्थन मिलेको छ । डिसेम्बरमा यो आंकडा ४० प्रतिशत थियो । जनवरीमा सकारात्मक अर्थव्यवस्थाका कारण उनलाई राम्रो रेटिङ मिलेको थियो ।