चाडबाडमा पनि उद्योगको उत्पादन ४० प्रतिशत मात्र

विराटनगर। सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ठूलासाना ५ सय उद्योगको उत्पादन चाडबाडको बेला पनि नबढेको सम्बद्ध व्यवसायीले बताएका छन् । अत्यधिक माग हुने बेला पनि उत्पादन ४० प्रतिशतभन्दा माथि जान नसकेको उनीहरूले बताए । उद्योगीहरूले सरकारले विकास बजेट खर्च गर्न नसक्नु, स्थानीय तहमा समयमै बजेट नजानु, सरकारी राजस्व घट्नु र बजार चलायमान नहुनुलाई यसको कारण मानेका छन् ।  दशैंको बेला खाद्य उद्योगसमेतले सन्तुष्ट हुने गरी व्यापार गर्न सकेनन् । अन्यको तुलनामा चाहिँ यी उद्योगको उत्पादन सुधारात्मक देखिएको व्यवसायीको भनाइ छ । बजारमा किनबेचमा आएको कमीले उद्योगको उत्पादन खुम्चिए पनि सरकारले निर्माणलगायत क्षेत्रमा भुक्तानी गर्नुपर्ने रकम रोक्दा समस्या जटिल बन्दै गएको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले बताए ।  सरकारले बैंकहरूमा थुप्रिएको लगानीयोग्य रकमलाई कम ब्याजमा बजारमा प्रवाह गर्नुपर्ने उनको भनाइ छ । कम्तीमा ५ वर्ष कर्जाको ब्याज नबढ्ने ग्यारेन्टी गरे लगानीका लागि कर्जाको माग बढ्ने शारडाको भनाइ छ । सरकारले आर्थिक वर्षको पहिलो दिनदेखि नै भुक्तानी र खर्च शुरू हुने दाबी गरे पनि निर्माण व्यवसायीले ४ महीनासम्म सरकारबाट पाउनुपर्ने रकम नपाउँदा विकास निर्माण प्रभावित भएको र सिमेन्ट, रड, ढुंगागिटीलगायत उद्योगको उत्पादन बढ्न नसकेको शारडाले बताए ।  उनी भन्छन्, ‘सरकारले निर्माण व्यवसायीलाई तत्काल भुक्तानी गर्नुपर्छ । ठेकेदारले कामदारलगायत आफूले मालसामान लिएको डिलर अथवा उद्योगलाई भुक्तानी गर्छ । यसले आर्थिक चक्र चलाउँछ ।’ मैदा, चामल, दाल, तेल मिलहरूले चाडबाडका बेला केही राहत महसूस गरे पनि पहिलेको जस्तो विक्री नभएको व्यवसायीको गुनासो छ । तेल र चामल विक्रीको अपेक्षा पूरा नभएको चन्द्रशिव राइस एन्ड आयल मिलका सञ्चालक नरेश राठीले बताए । उनले भने, ‘यो वर्ष तेल र चामल जोगवनीबाट विनारोकटोक आएकाले नेपालको उत्पादन विक्री नै हुन सकेन ।’  उद्योगीहरूले सरकारले विकास बजेट खर्च गर्न नसक्नु, स्थानीय तहमा समयमै बजेट नजानु, सरकारी राजस्व घट्नु र बजार चलायमान नहुनुलाई यसको कारण मानेका छन् ।  अघिल्ला वर्षहरूमा चाडबाडका बेला दोब्बर हुने व्यापार यसपटक बढेन । भारतीय बजारमा नेपालको तुलनामा तोरीतेल लिटरमा ४५ रुपैयाँ र चामल किलोमा २० रुपैयाँ सस्तो भएकाले चोरीको बाटो भएर भित्रिँदा यता अपेक्षाअनुरूप व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ । सरकारले भन्सार नाकामै कडाइ नगरेसम्म नेपाली उद्योगको नियति सधैं घाटा सहने हुने उनले बताए ।  मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा एशियन थाई फुड्सका सञ्चालक महेश जाजूले ५ महीनादेखि ४० प्रतिशतमा झरेको उद्योगको उत्पादन दशैंतिहारजस्ता चाडले सुधार्छ कि भन्ने आश रहे पनि त्यसो नभएको बताए । चिनीको उपलब्धता सहज नहुँदा महँगोमा किन्नुपर्ने बाध्यताले बिस्कुट, कन्फेक्सनरी, चकलेट, मिठाइजस्ता उद्योगको उत्पादन झन् कम हुँदै गएको जाजूको भनाइ छ । उनले भने, ‘सरकारले समयमै निजीक्षेत्रलाई चिनी ल्याउन दिएको भए अहिले महँगोमा किन्नुपर्ने अवस्था आउने थिएन ।’  सरकारको पूँजीगत बजेट समयमा खर्च नगर्दा र उधारो नउठ्दा उद्योगको उत्पादन कुल क्षमताको ५० प्रतिशतभन्दा तल पुगेको उद्योगीको गुनासो छ । उधारो उठाउने कानून यथाशीघ्र बनाउन पनि उनीहरूले माग गरेका छन् । सरकारले युवा जनशक्तिलाई स्वदेशमा रोक्न उद्योगमैत्री तथा यहीँ नै रोजगारी सृजना हुने वातावरण बनाउन ढिला भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । कुनै दिन मुलुकमा वृद्धहरू मात्रै रहने, देश रेमिट्यान्सले मात्रै चल्ने र सरकारको काम वृद्धभत्ता वितरण गर्नेमा सीमित हुने उनले चेतावनी दिए ।  निर्माण सामग्री उत्पादन गर्ने उद्योगदेखि खाद्य उद्योगसम्मले चाडबाडमा क्षमताको ८० देखि ९० प्रतिशतसम्म उत्पादन गर्थे । तर, यसपटक मागमा गिरावट र खुला सीमाका कारण ४० प्रतिशतमा खुम्चनु परेको नेपाल फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकास बेगवानीले बताए ।  बजार चलायमान नहुँदा हरेक क्षेत्रको विक्री क्रमश: घटेको उनले उल्लेख गरे । सरकारले समयमा चिनी, चामल र गहुँ आयात नगर्दा सस्तोमा किन्न पाइन्छ भनेर उपभोक्ता सीमापारिका भारतीय बजार गएको र तिनलाई रोक्न सरकार असफल हुँदा सीमावर्ती स्वदेशी बजार दशैंमा पनि सुनसान रहेको उनले बताए । 

सम्बन्धित सामग्री

४० प्रतिशत स्वास्थ्य सामग्री नेपालमै उत्पादन गर्न सक्छौं

हामीले ९९ प्रतिशतभन्दा बढि स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्ने गरेका छौँ। के ति सामाग्री देश भित्रै उत्पादन गर्न संभव छैन्? अवश्य छ। सम्पूर्ण नभएपनि करिब ३०/४० प्रतिशत सामग्री हामी यहीँ उत्पादन गर्न सक्छौं।

व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशत मात्रै

कोभिड–१९ महामारीपछि थलिएको अर्थतन्त्रमा सुधार नआएको भन्दै निजीक्षेत्र चिन्तित देखिएको छ। अर्थतन्त्रमा समस्या यथावत् रहेको कारण व्यवसायीको उत्पादन क्षमता ४० प्रतिशतभन्दा तल झरेको निजीक्षेत्रका तीन संस्थाले बताएका छन्।...

अपि पावरले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार ४० प्रतिशत हकप्रद निष्कासन हुनेछ ।

देशभर ६० हजार औद्योगिक प्रतिष्ठान, ४० प्रतिशत मात्रै पूर्ण क्षमतामा सञ्चालन

देशभर रहेका औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, ०७६ अनुसार ६० प्रतिशत औद्योगिक प्रतिष्ठानको उत्पादन...

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

काठमाडौँ,२ साउन । यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन् । कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता […]

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी, ‘वर्षा नै नभएपछि कसलाई दोष लगाउनु?’

काठमाडौं : पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ। सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्। कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि…

४० प्रतिशत उद्योगमात्रै पूर्ण उत्पादन क्षमतामा संचालन

नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रिय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ ।तथ्यांक विभागले शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको हो । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन […]

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट

विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रतिशत छुट पाउने भएका छन् । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरू गरेको मितिले ५ वर्षसम्म ४०...

विजुलीमा खाना पकाउँदा ग्यासभन्दा ४० प्रतिशत कम खर्च

नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात हुने गरेको छ । अहिले विद्युत उत्पादन बढेपछि खाना पकाउने इन्धनका रुपमा विजुलीको प्रयोगलाई प्राथमिकता दिन थालिएको छ । एक अध्ययन अनुसार ग्यासको साटो विजुलीमा खाना पकाउने हो भने ४० प्रतिशत सस्तो पर्नेछ । यदि घरायसी इन्धनका रुपमा विजुली प्रयोग गर्ने हो भने ठूलो मात्रामा …

चिप अभावका कारण टोयोटाले ४० प्रतिशत उत्पादनको काम रोक्दै

संसारको सबैभन्दा ठूलो कार उत्पादक टोयोटा मोटरले आफ्नो ४० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ। चिप अभावका कारण कम्पनीले आगामी महिनादेखि उत्पादन घटाउन बाध्य भएको हो।