पश्चिमाहरूको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा

युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा देशहरूले लगाएको प्रतिबन्धका कारण रुसी अर्थतन्त्र समस्यामा पर्न थालेको छ ।  अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा झन्डै ४० प्रतिशत गिरावट आएको बीबीसीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएममा रकम झिक्नेहरूको भिड लागेपछि रुसको केन्द्रीय बैंकले बचत ब्याज दर दोब्बरभन्दा धेरै बढाएर २० प्रतिशत पुर्‍याएकाे छ ।  युरोपेली युनियन (ईयू) को प्रतिबन्धपछि युरोपमा रहेका रुसी स्वामित्वका बैंकहरूले काम बन्द गरिसकेका छन् । मस्को शेयर बजार बन्द रहेको छ । रुसको केन्द्र...