काठमाडौं : गत सोमबार नयाँ बानेश्वर चोकअगाडिको मूल सडककाे बीचमा ठूलो भ्वाङ पर्याे। त्यहाँ खटिएका एक ट्राफिक प्रहरीका अनुसार पहिला सडक भासिएको थिएन। माइतीघर मण्डलातर्फ स्कुटर जाँदै गर्दा सडक भासियो।‘पहिला सडक केही भएको थिएन, स्कुटर गुडिरहेका वेला सडक प्वाल परेर स्कुटरको अगाडिको पार्ट भाँचियो, धन्न चालकलाई केही भएन’‚ ती प्रहरीले भने। उनका अनुसार एक मिटर गोलाइ र करिब पन्ध्र फिट जतिको खाल्डो देखिएको थियो। पछि एस्काभेटर ल्याएर खनेपछि झन्डै पाँच मिटर लम्बाइ, त