हनी ट्रयापको आरोपमा जेल परेपछि जाहेरवालाविरुद्ध नै वैवाहिक बलात्कारको जाहेरी दिने महिलाको सोच ‘आफ्टर थट’मा आधारित रहेको भन्दै भक्तपुर जिल्ला अदालतले आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले प्रतिवादीलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएर फरार रहेकी एक महिलाको विरुद्धमा उनका पतिले जिल्ला प्रहरी परिसरमा आपराधिक लाभ र ठगीको जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा भक्तपुर प्रह