वैदेशिक हस्तक्षेपविरुद्ध आन्तरिक एकता सुदृढ गर्नु अहिलेको मुख्य कार्यभार : नारायणकाजी श्रेष्ठ

 नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वैदेशिक हस्तक्षेप हुन नदिनु, त्यसबाट देशलाई बचाउन आन्तरिक एकता सुदृढ तुल्याउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रको आवश्यकता सबैले धेरथोर बुझेको बताए । तर त्यो आवश्यकता पूरा गर्न आफूलाई तयार गर्नुपर्ने सन्दर्भमा केही गम्भीर कमजोरी भएको उनको भनाइ छ । ‘राष्ट्रियताको सवालमा हाम्रो पार्टी कहिल्यै कसैसँग नझुक्ने प्रतिवद्धता व्यक्त गर्न

सम्बन्धित सामग्री

रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्षमा गिरी

चितवन  । रत्ननगर उद्योग बाणिज्य संघको नव अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हालेका छन् । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतः अध्यक्षमा निर्वाचित भएका हुन । बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका अध्यक्ष अधिबक्ता खगराज कँडेलले गिरीलाई पद तथा गोपनीयताको सपथग्रहण र संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । संघको बरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योग तर्फ उपाध्यक्षमा राममणि थपलिया, बाणिज्य तर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, एशोसिएट उपाध्यक्षमा हरि अधिकारी, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।  बाणिज्य तर्फ सदस्यमा सुर्यप्रकास रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रविन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शम्शेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, एशोसियट सदस्य तर्फ अनुप विसुराल, सुवास मिश्र, बस्तुगत सदस्य तर्फ नवराज तिमिल्सिना चयन भएका छन् । संघको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता कँडेलले अध्यक्ष गिरी सहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नबनिर्वाचित अध्यक्ष शंकर गिरीले आर्थिक संकटको जोखिमबाट व्यवसायीलाई जोगाउन सरकारी पहल थाल्ने बताए । व्यवसायीका समस्या पहिचान गरी समाधानको लागि सार्थक पहल गर्ने बताउदै उनले त्यसका लागि व्यवसायीको एकता आवश्यक रहेको बताए ।  कार्यक्रममा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले संघमा व्यवसायी बीच एकताको नहुँदा नेतृत्व चयनका बेला राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै सचेत हुनुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरु नारायणकाजी श्रेष्ठ, केशबनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । निर्वाचन समितिका संयोजक कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्त समितिका सदस्य अघिबक्ता रामकृष्ण अधिकारीले स्वागत मन्तव्य तथा अर्का सदस्य अधिबक्त दिवाकर अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

नवनियुक्त तीन उपप्रधानमन्त्रीले लिए शपथ

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा  विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको शपथ ग्रहण गरेका हुन्।एमालेका तीन र जनमत पार्टीका एक जनाको कार्यभार पछि तोकिने बताइएको छ। उनीहरुलाई विना विभागीय मन्त्रीको शपथ ग्रहण गराइएको छ।

क्रान्तिकारी पार्टी निर्माण अहिलेको आवश्यकता हो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण गर्नु रहेको बताएका छन् । त्यस्तो क्रान्तिकारी पार्टी बन्न सक्ने आधार माओवादीमा रहेको उनको विश्लेषण छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई आइतबार सम्वोधन गर्दै गर्दै नेता श्रेष्ठले ऐतिहासिक जनयुद्ध, जनसंघर्ष र परिवर्तनको नेतृत्व गरेको हुनाले माओवादी पार्टीले क्रान्तिकारी कार्यभार पूरा गर्न सक्ने बताए ।समाजवादी क्रान्ति हाँक्न सक्ने पार्टी बनाउनका लागि वैचारिक समस्या मुख्य रहेको भन्दै श्रेष्ठले पा

नयाँ सरकार गठन नै अहिलेको राजनीतिक कार्यभार- नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठन नै अहिलेको मुख्य राजनीतिक कार्यभार रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रतिगामी र विसर्जनकारी हमला भएकाले एमाले–माओवादी एकता कायम रहन नसकेको बताए । ‘पुस ५ गते संविधानविपरीत प्रतिनिधिसभा विघटन गरियो, यो प्रतिगामी ...