सिंजा गाउँपालिका ६ जोडु गाउँका दिनेश बुढा बुधबार रुपैडिया नाका हुँदै मजदुरीका लागि भारतको सिमलातर्फ लागे । उनीसँगै गाउँका ६ युवा भोट हाल्न छाडेर भारततर्फ लागेका हुन् । उनीहरूलाई चुनावी माहौलले छोएको छैन । देशभर आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचन हुँदै छ । भोटभन्दा परिवारमा रोजीरोटी जुटाउन घर छाडेर भारत हिँडेको उनीहरूले बताए । यसअघि थुप्रै पटक भोट दिए पनि बेरोजगारी समस्या समाधान नभएको उनीहरूको गुनासो छ । उनका अनुसार यो वर्ष वर्षाले लगाएको आलु,कोदो,फापर मकै र सिमी लगाय