प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको प्रभाव, कामका लागि भारत जाने महिलाले गाउँमै काम पाए

बाजुराका अधिकांश महिला यती बेला गाउँमै विकासमा मजदुरी गर्न पाउँदा खुसी भएका छन् । विगतमा गाउँमा महिलाले गर्ने केही काम नमिलेपछि छोराछोरीको पढाइ र घर खर्च धान्नकै कै लागि श्रीमान सँगै उनीहरु कामको खोजीमा भारत जाने गर्थे । यती बेला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत गाउँमै बाटो, धारा सडक निर्माण गर्ने जस्ता काम शुरु भए त्यसमा महिलालाई रोजगरी मिल्नथालेपछि उनीहरुमा खुःसी छाएको हो । बडिमालिका नगरपालिका १ पीनालेखका स्थानीय महिला भाना कार्कीले भन्नुभयो, यस अघि गाउँमा महिलाका लागि केही काम मिल्दै थियो । यती बेला गाउँमा महिलाहरुलाई तीन महिनाका लागिमात्र भएपनि काम मिलेको छ ।