मीनबहादुर गुरुङद्वारा विपद् प्रभावितको लागि सरकारलाई १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ हस्तान्तरण

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपद्‍बाट प्रभावितहरुका लागि १ करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले उक्त चेक गृहमन्त्री रमेश लेखकलाई बुझाएका छन् । अर्बौं रूपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो […]

सम्बन्धित सामग्री

व्यवसायी गुरुङद्वारा विपद् प्रभावितका लागि १ करोड बढी रकम हस्तान्तरण

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपद्‍बाट प्रभावित नागरिकको राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

व्यवसायी गुरुङद्वारा विपद् प्रभावितका लागि १ करोड बढी रकम हस्तान्तरण

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले सरकारलाई विपद्‍बाट प्रभावित नागरिकको राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

भूकम्पपीडितलाई गोर्खा ब्रुअरीको १ करोड

गोर्खा ब्रुअरी प्रालिले भूकम्पपीडितका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको छ ।

भूकम्प प्रभावितलाई गोर्खा ब्रुअरीको १ करोड सहयोग

गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनः स्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।

भूकम्प प्रभावितलाई गण्डकीको १ करोड, पोखराको ५० लाख

पोखरा । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । ‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका […] The post भूकम्प प्रभावितलाई गण्डकीको १ करोड, पोखराको ५० लाख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकार

स्ट्यान्डर्ड चार्टर्डको १ करोड ६३ लाख कोभिड राहत

काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेले नेपालमा कोरोना महामारीबाट प्रभावितका लागि राहत रकम उपलब्ध गराएको छ । सेभ द चिल्ड्रेन इन्टरनेसनलसँगको सम्झौतामा स्ट्यान्डर्ड चार्टर्ड यूकेले जीवन बचाउने उपकरण तथा सामग्री टेवा परियोजनाका लागि १ लाख ४० हजार डलर (१ करोड ६३ लाख रुपैयाँ) उपलब्ध गराएको हो । यससम्बन्धी सम्झौताका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले सहयोगको घोषणा गरेका थिए । सेभ द चिल्ड्रेन इन्टरनेसनलका तर्फबाट नेपाल कार्यालयका लागि डेपुटी कन्ट्री निर्देशक तारा क्षेत्रीसमेतको टोली सहभागी थियो । यो वर्षको सुरुमा पनि स्ट्यान्डर्ड चार्टर्डले कोरोना संक्रमणको दोस्रो लहरबीच नेपाल सरकारलाई मेडिकल उपकरण सहयोग गरेको थियो ।

मझगाउँ विमानस्थलका लागि भीमदत्तद्वारा १ करोड जम्मा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि १ करोड रुपैयाँ जुटाएको छ । विमानस्थल सञ्चालनमा ल्याउने सम्बन्धमा भएको त्रिपक्षीय समझदारी अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको खातामा १ करोड रुपयाँ जम्मा गरिएको नगरपालिकाले बताएको छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले सम्झौता बमोजिम नगरपालिकाको तर्फबाट बेहोर्नुपर्ने रकममध्ये पहिलो चरणमा एक करोड रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरिएको जानकारी दिए । उनका अनुसार बाँकी रकम असोजसम्ममा जम्मा गरिनेछ । विमानस्थल स्तरोन्नति तथा पुनः सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच लगानीमा साझेदारी गर्ने सम्झौता भएको थियो । गत फागुनमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाबीच विमानस्थल निर्माणका लागि सम्झौता भएको हो । ९ बुँदे सम्झौतापत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधराचाँदनी नगरपालिकाले १० प्रतिशत लागत बेहोर्नुपर्ने उल्लेख छ । ४ दशकअघि निर्माण भएर पनि चरन र खेल मैदानमा सीमित कञ्चनपुरको मझगाउँ विमानस्थलको धावनमार्ग ३७ करोड लागतमा कालोपत्र गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह (भीमदत्त र दोधारा चाँदनी नगरपालिका)ले समझदारी गरेका हुन् । स्तरोन्नतिपछि विमानस्थलको धावनमार्ग १६ सय मिटर लामो हुनेछ, जसबाट साना आकारका विमान सहजै उडान तथा अवतरण गर्न सकिने उल्लेख छ । भीमदत्त नगरपालिकाका प्रमुख विष्टले विमानस्थल पुनः सञ्चालनका लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने काम र पहलमा कुनै कसर बाँकी नराखिने बताए । ‘यस क्षेत्रको आर्थिक विकास र समृद्धिसँग जोडिएको उक्त विमानस्थल सञ्चालनका लागि नगरपालिकाले वहन गर्नुपर्ने दायित्वबाट पछि हट्दैनौं,’ उनले भने । साथै उनले संघ र प्रदेश सरकारलाई सम्झौता अनुसार विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह समेत गरे ।

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो । हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं (अस) । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई थप प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरे । कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमार्फत कोरोनासँग जुध्न महत्वपूर्ण काम गरेर थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो । अहिलेको दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने उद्देश्यले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । गोल्छा ग्रुपद्वारा प्रदान गरिएको सहयोग रकम अक्सिजन व्यवस्थापन गर्न, उपकरण अभाव पूर्ति गर्न, स्वास्थ्यकर्मीद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडको संख्या बढाउनेजस्ता काममा उपयोग गरिने अस्पतालले बताएको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोल्छाले कोरोना महामारीका कारण विषम देश परिस्थितिबाट गुज्रिरहेकाले नागरिकको स्वास्थ्यमा केही भए पनि सहयोग पु¥याउने उद्देश्यले अस्पताललाई सहयोग गरिएको बताए । ग्रुपले यसअघिको बन्दाबन्दीका बेला पनि सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिट्युड किट चार्टर्ड गरिएको जहाजमार्फत ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गोंगलले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन सहयोग गरेकामा गोल्छा ग्रुपप्रति आभार प्रकट गरे । यो सहयोगले फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।