काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेले नेपालमा कोरोना महामारीबाट प्रभावितका लागि राहत रकम उपलब्ध गराएको छ ।
सेभ द चिल्ड्रेन इन्टरनेसनलसँगको सम्झौतामा स्ट्यान्डर्ड चार्टर्ड यूकेले जीवन बचाउने उपकरण तथा सामग्री टेवा परियोजनाका लागि १ लाख ४० हजार डलर (१ करोड ६३ लाख रुपैयाँ) उपलब्ध गराएको हो ।
यससम्बन्धी सम्झौताका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले सहयोगको घोषणा गरेका थिए । सेभ द चिल्ड्रेन इन्टरनेसनलका तर्फबाट नेपाल कार्यालयका लागि डेपुटी कन्ट्री निर्देशक तारा क्षेत्रीसमेतको टोली सहभागी थियो ।
यो वर्षको सुरुमा पनि स्ट्यान्डर्ड चार्टर्डले कोरोना संक्रमणको दोस्रो लहरबीच नेपाल सरकारलाई मेडिकल उपकरण सहयोग गरेको थियो ।