कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो । बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकार

सम्बन्धित सामग्री

कर्णाली प्रदेश अस्पताललाई १ करोडको स्वास्थ्य सामग्री

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारलाई झण्डै डेढ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले झण्डै डेढ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

कोरोना संक्रमितलाई संघको स्वास्थ्य सामग्री सहयोग

सुर्खेत । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ कर्णाली प्रदेशले आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामीका लागि औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले प्रदेश आयुर्वेद औषधालय सुर्खेत परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलेसनमा उपचाररत बिरामीका लागि करिब ५२ हजारभन्दा बढी मूल्यको रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेपालमै पहिलो पटक सुर्खेतस्थित प्रदेश आयुर्वेद औषधालय परिसरमा सञ्चालित प्राकृतिक वातावरणसहितको आइसोलसनमा उपचाररत कोरोना संक्रमितलाई सामाजिक उत्तरदायित्वअन्तर्गत औषधी तथा स्वास्थ्य सामग्री सहयोग गरेको संघका कर्णाली प्रदेश अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा आयुर्वेद औषधीको प्रभावकारिता र महत्व बढिरहेका बेला संघले संक्रमितलाई रोगबाट छिटो राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले जानकारी दिए । ‘प्रदेश आयुर्वेद औषधालय र नेपाल आयुर्वेद औषधी व्यवसायी संघबीच राम्रो सम्बन्ध छ,’ उनले भने, ‘आयुर्वेदको प्रभावकारिताबारे जडीबुटीको धनी प्रदेश कर्णालीमा औषधी बिक्री गर्नु मात्र नभई नागरिकलाई आयुर्वेदको प्रयोग र महत्वबारे बुझाउन प्रयासरत छौं ।’ हरेक बिरामीका लागि पारम्परिक भए पनि आयुर्वेदको महत्व पहिले र अहिले पनि उत्तिकै रहेको उनको दाबी छ । आगामी दिनमा समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदको महत्वलाई बुझेर औषधी तथा स्वास्थ्य सामग्री थप सहयोग गरिने उनले बताए । संघद्वारा सहयोग गरिएको औषधी तथा स्वास्थ्य सामग्री बुझ्दै औषधालयका प्रमुख डा. शंकरप्रसाद रेग्मीले कोरोना रोकथाम तथा नियन्त्रणमा संघको समेत भूमिका उच्च रहेकाले जवाफदेहितासहित महामारीबाट सिर्जित संकटविरुद्ध औषधालयसँग सहकार्य गर्न आग्रह गरे । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले महामारीका बेला मानवीय मूल्य–मान्यतालाई प्राथमिकता दिँदै मानव सेवामा जुट्न आग्रह गरे । उनले कोरोनाको विश्वव्यापी संकटका बेला आयुर्वेद औषधी बिक्रेताद्वारा आइसोलेसनमा उपचाररत बिरामीलाई गरेको सहयोगले राहत पुग्ने विश्वास व्यक्त गरे । औषधी तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा संघका केन्द्रीय सदस्य तथा प्रदेश संयोजक एवं सुर्खेतका पदाधिकारीलगायत सहभागी थिए ।

सेभ द चिल्ड्रेनले गर्‍यो ४८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

कर्णाली प्रदेश सरकारलाई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय गैरसकारी संस्था सेभ द चिल्ड्रेनले ४८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शुक्रवार संस्थाका प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले १ हजार ३०० पीपीई सेट, १ हजार ७५० भीटीएम, ६ हजार  सर्जिकल मास्क लगायत सामग्री हस्तान्तरण गरे ।  मुख्यमन्त्री शाहीले संकटको समयमा सबैको सहयोगको खाँचो रहेको बताए । उनले भने, ‘कोभिड नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो छ । विपद्सँग सामना गर्न र मानवीय जीवन...