सुनसरीका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेस विजयी
सुनसरीका दुई नगरपालिका र तीन गाउँपालिकाको प्रमुख-उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। इनरुवामा प्रमुख र उपप्रमुख कांग्रेसका उम्मेदवार बिजयी भएका छन भने रामधुनीमा प्रमुख काँग्रेस र उपप्रमुख एमालेकी उम्मेदवार बिजयी भएका छन्।
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षार नगरपालिका घोषणा भएको छ । शुक्रबार भव्य कार्यक्रमबीच साक्षार नगरपालिका घोषणा गरिएको हो ।
नगरक्षेत्र भित्रका १५ देखि ५९ वर्ष उमेर समूहका ९५.१३ प्रतिशत जनसंख्या...
सप्तरीको सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गरिएको छ । आज एक समारोहको आयोजना गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको हो ।
घोषणासँगै सो नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका भएको...
बैतडी : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुर्चाैडी नगरपालिका अतिसंवेदनशील पालिकाको रूपमा रहेको छ। जिल्लामा रहेका १० स्थानीय तहमध्ये सुरक्षाको हिसाबले पुर्चाैडी अति संवेदनशील पालिकाको रूपमा रहेको हो।जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार संवेदनशील पालिकाका रूपमा चारवटा पालिका रहेका छन्। सिगास, पञ्चेश्वर, सुर्नया र डिलाशैनी गाउँपालिका संवेदनशील पालिकाको रूपमा रहेका हुन्।यसैगरी कम संवेदनशील पालिकाको रूपमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालि
वालिङ । स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्याङ्जाका दुईसहित सात नगरपालिकालाई पुरस्कृत गरिएको छ । नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ र पुतली बजार नगरपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट […]
नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए । संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षक
कञ्चनपुर : कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरका दुई नगरपालिका देशमै उत्कृष्ट भएका छन् । भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका उत्कष्ट भएका छन् । भीमदत्त नगरपालिकाले ७६ दशमलव ३८ र शुक्लाफाँटा नगरपालिकाले ७२ दशमलव ६६ अङ्क प्राप्त गरेका छन् । कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले देशमै सबै स्थानीय तहभन्दा दुई नगरपालिकाले बढी अनुदान रकम […]
सर्लाही, ७ फागुन: सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्र […]
काठमाडौंको उत्तरी भेगमा रहेको बूढानीलकण्ठ नगरपालिका नेपाल सरकार, तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ०७१ साल मंसिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खडेका भद्रकाली, चुनिखेल, महाँकाल, विष्णु बूढानीलकण्ठ...
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]
गोरखाको दुईवटा नगरपालिका र एउटा गाउँपालिकामा निषेधाज्ञा गरिएको छ । गोरखा भित्रने मुख्य नाका रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा मंगलवार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।...