स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित

वालिङ । स्याङ्जाका दुई नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नेपाल नगरपालिका सङ्घको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा स्याङ्जाका दुईसहित सात नगरपालिकालाई पुरस्कृत गरिएको छ । नगरपालिका सङ्घले विभिन्न सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनका आधारमा वालिङ र पुतली बजार नगरपालिकालाई आर्थिक वर्ष २०७७/७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले ‘उत्कृष्ट […]

सम्बन्धित सामग्री

स्याङ्जाका दुई नगरले थापे उत्कृष्ट नगरपालिकाको पुरस्कार

अमृत अर्याल,स्याङ्जा । राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए । संघीयतामा गएपछि गाउँ-नगरपालिकाको पुनर्संरचना भयो । गाउँ–सहरमा सिंहदरबारको नारा लाग्यो । यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछन् । यस अवधिमा अरुले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ-नगरपालिका पुरस्कृत हुदै गर्दा जिल्लाको वालिङ र पुतलीबजार नगरपालिका पुरस्कृत […]

सात उत्कृष्ट नगरपालिका पुरस्कृत !

काठमाण्डाै – नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभयो । संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार ...

स्याङ्जा र बागलुङमा महिन्द्राको सब–डिलर

काठमाडौं (अस) । नेपालका लागि महिन्द्रा फोरह्वीलरको अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले स्याङ्जा र बागलुङमा महिन्द्रा कम्पनीको सब–डिलर तथा बतास ब्रदर्श प्रालिका डिलर सञ्चालनमा ल्याएको छ । कम्पनीले ऊँ नमशिवाय सर्भिसिङ सेन्टर, पुतलीबजार नगरपालिका– १ घुम्ती, स्याङ्जा र श्रेष्ठ मोटो पार्टस् गलकोट, बागलुङमा उद्घाटन गरेको हो । ऊँ नमशिवाय सर्भिसिङ सेन्टरको उद्घाटन उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौंका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिंहलगायतले गरेका थिए । यस सब–डिलरबाट स्याङ्जा तथा आसपास जिल्लाका ग्राहकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । त्यस्तै, श्रेष्ठ मोटो पार्टस् उद्घाटन गलकोट, बागलुङ नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विक, विभिन्न पार्टीका स्थानीय प्रतिनिधि, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले सामूहिक रूपमा गरे । नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीमा उत्कृष्ट र सहज सेवाको पहुँच बढाउन सब–डिलर सञ्चालनले थप टेवा पु¥याउने विश्वास बालाजु अटो वक्र्स प्रदेश ४ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले गरे ।

गड्यौलापालनतर्फ स्याङ्जाका किसान आकर्षित

असोज १६, वालिङ । स्याङ्जाका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् ।  स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित ‘हरित पुनःउत्थान प्रवर्द्धन परियोजना’ अन्तर्गत वालिङका १४ ओटै वडाका किसानलाई जैविक कम्पोष्ट मल बनाउन प्रेरित गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । ‘स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको यो नगरपालिका फोहोरमैला व्यवस्थापनमा समेत पटक/पटक उत्कृष्ट भई पुरस्कृत भइसकेको छ’, अध्यक्ष गुरुङले भने, ‘मानव स्वास्थ्यलाई ध्यानमा राख्दै कुहिने फोहोरलाई गड्यौले अर्गानिक कम्पोष्ट मलमा परिणत गर्नेछौँ ।’ खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोगमा निरुत्साहित गर्दै अर्गानिक कम्पोष्ट मल बनाउन किसानलाई प्रेरित गर्नका लागि गड्यौलापालनका लागि आवश्यक सामग्री, तालिम तथा गड्यौला वितरण गरिएको अध्यक्ष गुरुङले बताए । नगरपालिकाभित्र ३१० गाउँ छन् । ती गाउँबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी तालिम दिइने र पछि उनीहरुले नै गाउँमा अन्यलाई सिकाउने अध्यक्ष गुरुङको भनाइ थियो । कुहिने फोहोरलाई गड्यौले मल बनाउन प्रयोग गर्न सकिने, विषादी निरुत्साहित गर्ने, रासायनिक मलको प्रयोगमा कमी गर्ने र उत्पादकत्व वृद्धि गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कार्यक्रम संयोजक विशाल बगालेको छ । ‘इच्छुक किसानलाई निःशुल्क गड्यौला, बिन तथा तालीम उपलब्ध गराएका छौँ’, संयोजक बगालेले भने, ‘किसानले उत्पादन गरेका गड्यौला अन्य किसानलाई सहकारीमार्फत विक्री गरिदिन्छौँ, जसका कारण पनि किसान गड्यौला पालनतर्फ आकर्षित भएका हुन्, गड्यौला प्रतिकिलो रू. दुई हजार २०० देखि रू. तीन हजारसम्म विक्री हुने गरेको छ ।’ नगरका १४ ओटै वडामा लक्षित समूह गठन गरी गड्यौला पालनका फाइदा र गड्यौला पाल्ने विधिका बारेमा प्रशिक्षण प्रदान गरिएको प्रशिक्षक डिलबहादुर गुरुङले बताए । ‘वडाका विभिन्न टोल टोलबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषलाई सहभागी बनाएर तालिम दियौँ’, प्रशिक्षक गुरुङले भने, ‘प्रतिकिसान एक किलो गड्यौला र बिन निःशुल्क उपलब्ध गराएका छौँ, अहिले उनीहरु गड्यौलापालनतर्फ उत्साहित भएर लाग्नुभएको छ ।’ नगरपालिकाभित्र हालसम्म १७१ किलो गड्यौला विक्री गरेको र अब ९० किलो उपलब्ध गराउने गड्यौला व्यवसायी हुमनाथ लामिछानेले बताए । ‘अहिले गाउँ÷गाउँमा किसान गड्यौला पालनतर्फ आकर्षित भएका छन्, गड्यौलाको माग निक्कै बढेको छ’, लामिछानेले भने, ‘लगानी र मेहेनत कम लाग्ने तर गड्यौला तथा मल विक्री गरेर दोहोरो फाइदा लिन सकिन्छ ।’ वालिङ–५ पित्लेकका गड्यौला व्यवसायी लामिछानेले आफ्नो व्यक्तिगत फर्मबाट १०० किलो र अन्य छिमेकीको बाट ७१ किलो गड्यौला प्रतिकिलो रू. एक हजार ७०० का दरले विक्री गरेका हुन् । बिरुवाले यसमा भएका खाद्यतत्वलाई सजिलैसँग लिन सक्दछ भने यो मल अरु मलभन्दा गुणस्तर मानिन्छ ।  यो मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने गर्छ । झारपात र घरमा निस्कने कुहिने फोहोरबाट गड्यौलापालन गरी जैविक मल उत्पादन गर्न सकिन्छ । रासस