रोल्पाका डाँडामा भ्यूटावर : पर्यटन विकासका नाममा मनपरी

१४ चैत, रोल्पा । शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा पछि परेको रोल्पामा चार करोड रुपैयाँ खर्च गरेर भ्यूटावर बनाइएको छ । रोल्पा नगरपालिका–२ सातदोबाटोमा नगरपालिकाले बनएको भ्यूटावरको सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल …

सम्बन्धित सामग्री

भिमादको मिछुर्लुङमा भ्यूटावर

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ ।

भिमादको मिछुर्लुङमा भ्यूटावर

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ ।

भिमादको मिछुर्लुङमा भ्यूटावर

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ ।

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा  लगाउन स्थानीय तहलाई आग्रहसमेत गरे ।  निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व

पर्यटनविज्ञ भन्छन्- भ्यु टावर बनाउने प्रवृत्ति राम्रो भएन

दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरूले व्यक्त गरेका छन् ।

चन्दा संकलन गरेर मिर्छुलुङमा ठड्याइँदै भ्यूटावर

तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा चन्दा संकलनबाट भ्यूटावर निर्माण गरिने भएको छ । गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देश–विदेशमा रहेका स्थानीयसँग चन्दा संकलन गरेर भ्यूटावर निर्माण गर्न लागिएको हो ।      होमस्टे सञ्चालन गरेर ख्याति कमाएको मिर्छुलुङ गाउँमा पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराई थप आकर्षण स्थल बनाउने योजनाअनुरूप टावर निर्माण गर्न लागिएको हो । भ्यूटावर निर्माणपछि गाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आयआर्जनमा समेत सहज हुने विश्वास गरिएको मिर्छुलुङ क्षेत्र विकास तथा मिर्छुलुङ भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । सोही ठाउँमा जन्मिएर हाल बेलायत रहेका महेन्द्र आलेको सक्रियतामा गाउँमा भ्यूटावर निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ । महेन्द्रको पहलमा प्रवासमा रहेका नेपालीबाट ३० लाखभन्दा बढी रकम संकलन गरिसकिएको छ ।      साराङकोट निर्माण सेवा प्रालिले भ्यूटावर निर्माणका लागि जिम्मा पाएको छ । प्रालिले ३८ लाख ४ हजार ९ सय रुपैयाँको लागतमा निर्माणका लागि जिम्मा पाएको हो । ०७९ वैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको मिर्छुलुङ होमस्टेका अध्यक्षसमेत रहेका थापाले बताए । आदिवासी जनजातिको बाहुल्य रहेको उक्त बस्तीमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई आफ्नो कला–संस्कृति प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिँदै आएका छन् । रासस

स्थानीय सरकारको भ्यूटावर मोह

भदौ १, धनकुटा । मुलुक संघीय संरचनामा गइसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्यूटावर मोह बढेर गएको छ । विकासका नाममा देशभर भ्यूटावरको मोह बढ्दै गएका बेला धनकुटा पनि अछुतो रहन सकेको छैन । डाँडा आफैमा सुन्दर र मनमोहक हुने गर्दछन् ।  तर, धनकुटाका डाँडा डाँडामा भ्यूटावर बनाउने क्रम समेत उत्तिकै बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गर्न भन्दै यस्ता टावर निर्माणको क्रम बढेको हो । धनकुटाका धेरै जसो डाँडाकाँडामा केहि समय यता भ्यूटावर निर्माण गर्ने क्रम बढ्दो छ ।  आफैमा मनमोहक डाँडाकाँडामा पर्यटक भित्र्याउन भन्दै भ्यूटावर निर्माणको क्रम बढेको हो । धनकुटामा भ्यूटावर निर्माण गर्न पर्यटन विकास कार्यालय काँकडभिटा, तत्कालिन जिल्ला विकास समिति तथा अहिले स्थानीय तह आफै सकृय छन् । भ्यूटावर निर्माण भएको धेरै स्थान अहिले पनि सुनसान छन् भने एक दुइ स्थानका भ्यूटावरमा मात्र पर्यटकको चहलपहल हुने गरेको छ ।  उच्च स्थानमा रहेको यस्ता डाँडाबाट तराइ पहाड हिमाल, फाँट खोला नाला सहित धरै स्थान देखिने भएकाले पर्यटक आउने गरेका सागुरीगढी ५ ओख्रेका स्थानीय मोहन थापाले बताए । अहिले धनकुटाको सागुरीगढी गाँउपालिकामा ध्वजे डाँडा, भेडेटार, ओख्रे गरी तीन ओटा भ्यूटावर निर्माण गरिएको छ । त्यस्तै चौबिसे गाँउपालिकाको जेफाले, धनकुटा नगरपालिकाको चुलिवन र हिले, शहिदभुमी गाँउपालिकाको छिन्ताङ स्थित पातले डाँडामा भ्यूटावर निर्माण गरिएको छ ।  त्यस्तै, शहिदभूमी गाँउपालिकाको घुमाउने डाँडा, महालक्ष्मी नगरपालिकाको पटेक डाँडा र धनकुटा नगरपालिको कागतेमा समेत भ्यूटावर निर्माण गर्ने तयारी गरिएको छ । पाख्रिबासको राम्चे डाँडामा भ्यूटावर निर्माण गरिएको छ । बढ्दो भ्यूटावर प्रति जानकारहरु भने खासै सन्तुष्ट छैनन् । डाँडा आफैमा भ्यूटावर भएकाले भ्यूटावर निर्माणको खर्च अन्य क्षेत्रमा लगाउनु पर्ने अर्थशास्त्र विषयका प्राध्यापक बेसराज खत्री बताउँछन् । जनताको अपेक्षा विकास निर्माणतिर भएपनि धनकुटाका स्थानीय तहका जनप्रतिनिधिहरुको भने भ्यूटावरमा ध्यान गएको छ । यहाँका स्थानीय सरकार भ्यूटावर बनाउन प्रतिस्पर्धानै गरेर लागेका छन् । यहाँको केहि गाँउपालिकामा भ्यूटावर बनिसकेको छ कतिपय निर्माणको क्रममा छन् ।  अहिलेको आवश्यकता भ्यू टावरको हो कि अन्य विकास निर्माणको हो ? स्थानीय हरिप्रसाद कार्की भन्छन्, ‘आवश्यकता होइन भनौं भने, स्थानीय सरकारले बनाइसक्यो खर्च गरिसक्यो तर अनुत्पादक क्षेत्रमा सरकारको ध्यान गयो । अहिलेनै हामीलाई भ्यूटावर चाहिएको छैन,’ उनी भन्छन्, ‘जनताको अपेक्षा एकातिर छ, सरकार कार्यकर्ता पाल्ने बजेट मिलाउन व्यस्त छ । ‘भ्यू टावर बनाउने बजेट सुन्दा र स्थलगत काम हेर्दा गुणस्तरहीन काम भएको छ,’ उनले भने,‘तर हाम्रो कुरा स्थानीय सरकारले सुन्दैन ।’ कतिपय ठाउँमा त भ्यूटावर गाईवस्तु चराउन, घाँस दाउरा गर्न जाने मात्रै चढ्ने गरेका छन् । त्यस्ता ठाउँमा बनाएका भ्यूटावरबाट बनाएर ती निकायले तल के हेर्न खोजेका हुन भन्ने जवाफ सायद आफैँमा नभएको धनकुटा बहुमुखि क्याम्पसका पूर्व प्राध्यापक ठाकुर प्रसाद बरालको भनाइ छ ।  वस्ती नै नभएका डाँडाहरुमा डोजर आतंक मात्र होइन, पहाडका टाकुरातिर विकासको नाममा भ्यूटावर आतंकले पनि उत्तिकै बदनामी कमाएको बरालको भनाइ छ । पर्यटन प्रवर्द्धनका नाममा भ्यूटावर निर्माणका लागि भनेरै केन्द्रदेखि नै बजेट छुट्टिदै आएको छ । ‘अहिले नेपालमा भ्यूटावरको आवश्यकता होइन, दूरदृष्टिसहितको विकासको मोडल चाहिएको हो ।’ बराल भन्छन्, ‘कृषकले बेलैमा मल पाउँदैनन्, बिरामीले बेलैमा उपचार र अस्पताल पाउँदैनन् । दूरदराजमा अझै पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्नलगायतका समस्या ज्यूका त्यूँ छन् । अहिले राज्यको लगानी यतातर्फ हुनुपर्ने हो ।’ बरालले थप्दै भने ‘पहिला जनताको आधारभूत आवश्यकता र गुणस्तरीय जीवन जिउने हकको सुनिश्चित हुनुपर्ने तर्फ राज्यका तिनै तहका सरकारको ध्यान मोडिनुपर्ने हो ।’ हुन त पर्यटकको सहज पहुँच भएका स्थानमा भ्यूटावरको सदुपयोग भए पनि धेरै स्थानका भ्यूटावर प्रयोग बिहिन जस्तै छन् । त्यसैले डाँडा देख्ने वित्तिकै भ्यूटावर निर्माण भन्दा पनि भ्यूटावर बाहेकका पर्यटकिय संरचना, डाँडासम्म पुग्ने पहुँचमार्ग, अन्य पुर्बाधार निर्माण गर्नतर्फ ध्यान जान आवश्यक छ ।

पोखराको सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना, अघि बढाइँदै पूर्वाधार निर्माण

पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न सुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ ।

स्थानीय सरकारको भ्यू टावर मोह : सिन्धुलीको कमलामाईले बनायो 'रुख टावर'

नगरपालिकाको पर्यटन पुर्वधार कार्यक्रम अनुसार ३० लाख रुपैयाँमा फलामको भ्यूटावर सहित प्रतिक्षालय, पोलिथिन खानेपानी ट्याङकी र १३ ओटा सिटिङ कुर्सी निर्माण गरिएको नगरपालिकाले जनाएको छ।...

थामकोटमा भ्यूटावर निर्माण गरिने

पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ ।रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो।