चन्दा संकलन गरेर मिर्छुलुङमा ठड्याइँदै भ्यूटावर

तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा चन्दा संकलनबाट भ्यूटावर निर्माण गरिने भएको छ । गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देश–विदेशमा रहेका स्थानीयसँग चन्दा संकलन गरेर भ्यूटावर निर्माण गर्न लागिएको हो ।      होमस्टे सञ्चालन गरेर ख्याति कमाएको मिर्छुलुङ गाउँमा पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराई थप आकर्षण स्थल बनाउने योजनाअनुरूप टावर निर्माण गर्न लागिएको हो । भ्यूटावर निर्माणपछि गाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आयआर्जनमा समेत सहज हुने विश्वास गरिएको मिर्छुलुङ क्षेत्र विकास तथा मिर्छुलुङ भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । सोही ठाउँमा जन्मिएर हाल बेलायत रहेका महेन्द्र आलेको सक्रियतामा गाउँमा भ्यूटावर निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ । महेन्द्रको पहलमा प्रवासमा रहेका नेपालीबाट ३० लाखभन्दा बढी रकम संकलन गरिसकिएको छ ।      साराङकोट निर्माण सेवा प्रालिले भ्यूटावर निर्माणका लागि जिम्मा पाएको छ । प्रालिले ३८ लाख ४ हजार ९ सय रुपैयाँको लागतमा निर्माणका लागि जिम्मा पाएको हो । ०७९ वैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको मिर्छुलुङ होमस्टेका अध्यक्षसमेत रहेका थापाले बताए । आदिवासी जनजातिको बाहुल्य रहेको उक्त बस्तीमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई आफ्नो कला–संस्कृति प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिँदै आएका छन् । रासस

सम्बन्धित सामग्री

काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन

भक्तपुरमा मन्दिर पुनःनिर्माणको काम सुरु नहुँदै ४१ लाख चन्दा संकलन भएको छ।

भक्तपुरमा चन्दा संकलन गरेर मन्दिर पुनर्निर्माण

नगरवासीले भक्तपुर नगरपालिका वडा नं-५ भीमसेनस्थानमा रहेको सो मन्दिर पुनर्निर्माणका लागि ‘इष्टमेट’ ४४ लाख चन्दा संकलन गरी मन्दिर पुनर्निर्माण सकाउने योजनाका साथ काम थालेका हुन्।...

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरु

भक्तपुर– भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरवासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य (मन्दिर) पुननिर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुननिर्माण सकाउने योजनाका साथ काम थालिएको हो […]

सहरकै विद्यालय सुधारका लागि चन्दा संकलन गरिँदै

जिल्लाको सदरमुकाम घोराही बजारसँगै रहेको एक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन सुरु गरिएको छ ।घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीमा रहेको आधारभूत विद्यालय गिठेपानीको शैक्षिक तथा भौतिक सुधारका लागि चन्दा संकलन गर्न सुरु गरिएको हो । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि पटकपटक विभिन्न निकायमा धाए पनि कुनै पनि सहयोग नपाएपछि चन्दा अभियान सुरु […]

ओखलढुंगाका स्थानीयले चन्दा संकलन गरेर क्याम्पस स्थापना गरे

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका स्थानीयले चन्दा संकलन गरेर क्याम्पस स्थापना गरेका छन् । सरस्वती माद्यमिक विद्यालय खानी भञ्ज्याङमा क्याम्पस सञ्चालन गर्ने गरी स्थापना गरिएको हो । क्याम्पस स्थापनाका लागि तदर्थ समिति गठन गरेर १० लाख रुपैयाँ चन्दा संकलन गरिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि अहिले क्याम्पसको उद्घाटन समेत गरिएको छ । क्याम्पसमा शिक्षा […]

राप्रपाले थाल्यो हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै चन्दा संकलन

काठामाडौँ । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा आयोजित बिहीबार एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ। वैदिक सनातन धर्म […]

हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

३ भदौ, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. […]

राप्रपाले अनलाइनबाटै सदस्यता वितरण र चन्दा संकलन गर्ने

२० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन अनलाइन प्रविधिमार्फत गर्ने भएको छ । स्वदेश तथा विदेशमा रहेकाहरुले पार्टीको वेवसाइटमार्फत साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिन सक्ने व्यवस्था गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइनबाटै बुझाउन […]

कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न प्रशासनको आग्रह

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले विभिन्न शीर्षकमा चन्दा संकलन कार्य भइरहेको भन्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ।कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने र एम्बुलेन्स उपलब्ध गराउनेलगायतका विभिन्न शीर्षकमा चन्दा संकलन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सूचना जारी गरी व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा न