पोखराको सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना, अघि बढाइँदै पूर्वाधार निर्माण
पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न सुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ ।
बागलुङ : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ।प्रवासी बिहुँकोटेहरूको सहयोगमा अहिले झण्डै एक किलोमिटर पदमार्ग निर्माण भइसकेको पदमार्ग निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए। जंगलको बीचमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको छ।उच्च पहाडको शिरमा रहेको यस मन्दिरमा धार्मिक पर्यटक सहज रूपमा पुर्याउने हिसाबले पदमार्ग निर्माण गरिएको अध्यक्ष कँडेलले बताए। काठेखोला गाउँपालि
भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा क मा अपूरो रहेको विकास निर्माण तथा यस क्षेत्रलाई धार्मिक पर्यटन रूपमा विकास गर्ने उम्मेदवारहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।रफ्त सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।नेकपा एमालेका तर्फका उम्मेदवार किरण थापाले यस क्षेत्रमा रहेको विकासका अधुरा कामहरू जस्तै खानेपानी, सडक, ढल, शिक्षा, स्वास्थ्यलगायतलाई […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । सोमवार पशुपति सङ्ग्रहालय महास्नान घरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले विश्वका हिन्दु धर्मावलम्बीहरूलाई पशुपतिनाथको दर्शनका लागि नेपाल भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् । उनले पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेकोले विश्वका हिन्दु धर्मावलम्बीहरू एक पटक पशुपति आउनुपर्ने मान्यतासमेत रहेको बताए । उनले
पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्धेश्यले गुरु योजना बनाई ऐतिहासिक,धार्मिक स्थल निशान कालीका धाम परिषरमा पोखरी बनाउने भएको छ । याङवरक गाउँपालिका-४ मा रहेका यी ऐतिहासिक धार्मिक स्थल, पोखरीको प्रतिनिधिसभा सदस्य नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उडड्यन पूर्वमन्त्री योगेश भट्टराईले शिलान्यास गर्नुभएको थियो । शिलान्यास गर्दे मन्त्री भट्टराईले ऐतिहासिक,धार्मिक […]
बर्फानी बाबाको आश्रमलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न मन्दिरसहितका संरचना निर्माण गर्न लागेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट १५ लाख रूपैयाँको लागतमा शिव मन्दिर निर्माण ग...
काठमाडौँ, ९ साउन। गोरखाको प्रसिद्ध धार्मिक स्थल तान्द्राङ्गकोट जाने पदमार्गको निर्माण कार्य सम्पन्न भएको छ। गोरखा जिल्लाको भिमसेन थापा गाउपालिका वडा न २ मा गोरखा कालिकाको बहिनीको रुपमा परिचीत प्रसिद्ध धार्मिक स्थल तान्द्राङ्गकोट जाने बाटोमा ताराखसे र तान्द्राङ्गकोट बीचमा कुलेडाडामा घ्याम्पेसाल, कयापानी , तान्द्राङ्ग कोट पदमार्गको काम सम्पन्न भएको छ। कुलेडाडामा निर्माण गरिएको पदमार्ग भिमसेनथापा […]
सिमकोट – धार्मिक स्थल खार्पुनाथमा धार्मिक तथा प्राविधिक विद्यालयको निर्माण कार्य सुरु भएको छ। सार्वजनिक स्थलमा व्यक्तिले निर्माण गरेका घरटहराहरु भत्काएर विद्यालय निर्माण कार्य अगाडि बढाइएको हो। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलका अनुसार पवित्र धार्मिक स्थल कर्णाली र दोजाम कर्णाली नदीको दोभान खार्पुनाथ शिवालय क्षेत्रमा व्यक्तिले आफुखुसी निर्माण गरेका घरटहरा भत्काएर विद्यालयको निर्माण कार्य सुरु […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो ।
अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख र रु तीन लाख बराबरको स्थानीयवासीको श्रमदान गरी कूल रु २० लाख लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताए ।
मो...
काठमाडौं। सरकारले पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासलाई समेटेर बजेटमा समावेश गरेको छ। धार्मिक तथा पर्यटकीयस्थल सत्यवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास गरिने गरी बजेटमा सम्बोधन भएको छ। ऐतिहासिक तानसेन पुरानो बजारका रूपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था भएको निवर्तमान सांसद दलबहादुर रानाले बताए।