पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ ।रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो।
तनहुँ । तनहुँको भीमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा चन्दा संकलनबाट भ्यूटावर निर्माण गरिने भएको छ । गाउँमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले देश–विदेशमा रहेका स्थानीयसँग चन्दा संकलन गरेर भ्यूटावर निर्माण गर्न लागिएको हो ।
होमस्टे सञ्चालन गरेर ख्याति कमाएको मिर्छुलुङ गाउँमा पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गराई थप आकर्षण स्थल बनाउने योजनाअनुरूप टावर निर्माण गर्न लागिएको हो । भ्यूटावर निर्माणपछि गाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने र आयआर्जनमा समेत सहज हुने विश्वास गरिएको मिर्छुलुङ क्षेत्र विकास तथा मिर्छुलुङ भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । सोही ठाउँमा जन्मिएर हाल बेलायत रहेका महेन्द्र आलेको सक्रियतामा गाउँमा भ्यूटावर निर्माण गर्न प्रक्रिया अघि बढाइएको छ । महेन्द्रको पहलमा प्रवासमा रहेका नेपालीबाट ३० लाखभन्दा बढी रकम संकलन गरिसकिएको छ ।
साराङकोट निर्माण सेवा प्रालिले भ्यूटावर निर्माणका लागि जिम्मा पाएको छ । प्रालिले ३८ लाख ४ हजार ९ सय रुपैयाँको लागतमा निर्माणका लागि जिम्मा पाएको हो । ०७९ वैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको मिर्छुलुङ होमस्टेका अध्यक्षसमेत रहेका थापाले बताए । आदिवासी जनजातिको बाहुल्य रहेको उक्त बस्तीमा सञ्चालित होमस्टेमा आउने पाहुनालाई आफ्नो कला–संस्कृति प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिँदै आएका छन् । रासस
२६ फागुन, म्याग्दी । पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ । रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो ।
धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा …