दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा लगाउन स्थानीय तहलाई आग्रहसमेत गरे । निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व