नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेका बेला चितवनको माडी क्षेत्रमा अवस्थित अयोध्यापुरीलाई रामको जन्मभूमि दाबी गरे । लगत्तै उनले त्यहाँ राम मन्दिर बनाउन निर्देशन दिए ।ओलीकै अगुवाइमा अहिले माडी क्षेत्रमा हनुमान, सीता र भगवान् रामचन्द्रको मूर्ति प्रतिस्थापन गरिसकिएको छ । ओलीले भगवान् रामको जन्मस्थल अयोध्या यही भएको बताउँदै राम सीता र हनुमानको मूर्ति तामझामका साथ बालुवाटारबाट माडी लगेर खडा गराएका हुन् ।अयोध्यापुरीमा सीता, राम र हनुमानको मूर्ति स्थापना भइसकेपछि त्यहाँको पर्यटकीय ए