काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।
मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी हुन् ।