काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि आजै संसदीय विशेष सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको थियो। विराटनगर उच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम फागुन […]