धनुषा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ गाेदारमा राजमार्ग बन्द गरी बसेका डा. सीके राउत नेतृत्वकाे जनमत पार्टी नेपालका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।
आज आइतवार बिहानैदेखि सडक बन्द गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
केही समय प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडपसमेत भएको थियाे । झडपका क्रममा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरी...