काठमाडौं। सर्वोच्च अदालतले नागरिकतासम्बन्धि अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि जसपाका नेताहरु रुष्ट बनेका छन्। पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धि अध्यादेशलाई रोक्दा समस्या भयावह हुने बताए। मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले अध्यादेश पनि कानून नै भएकाले अदालतले रोक्नु गलत भएको बताए। “३ वर्षदेखि विधेयक संसदमा अड्किएको छ। नागरिकहरुमा समस्या छ,राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ’, उनले भने।