सम्पत्ति कर नबुझाएका विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । खाद्य संस्थान, नेसनल ट्रेडिङ कर्पोरेसन, विद्युत् प्राधिकरण, सिविक हस्पिटल, कर्मचारी सञ्चयकोष, ह्वाइट फिल स्कुल लगायत १७ वटा संस्थान तथा कम्पनीहरूलाई महानगरले अल्टिमेटम दिएको हो ।