४ करोडले पुगेन, नेकपाकै सांसदले मागे १० करोड भन्दाबढी बजेट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सांसद यज्ञबहादुर बोगटीले सांसदहरूलाई दिइँदै आएको बजेटमा बढोत्तरी गर्नुपर्ने माग गरेका छन। आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी हुँदै आइतबार प्रतिनिधिसभा बैठकमा सांसद बोगटीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकममा करोडौंले बृद्धि ग...

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि १० करोड रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत १२ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो […]

आविष्कार केन्द्रलाई गण्डकी सरकारले १० करोड दिने

पर्वत : गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।अनुसन्धान र नवप्रवर्तनका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम विनियोजन भएको र अब कार्यविधि अनुसार बजेट प्रयोग गर्न पाउने भएपछि अनुसन्धानका काम अघि बढाउने अनुसन्धानकर्ता महावीर पुनले बताए। पहिले नै बजेटको व्यवस्था भएको भए पनि कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुसन्धानका लागि आह्वान गर्न नसकिएको उनको भनाइ छ। गत साउन महिनामा नै कार्यविधि तयार हुनुपर्नेमा हालै मात्रै तयार हुनुले पनि काम अघि बढाउने बाटो

विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट

काठमाडौँ – सरकारले विपन्न नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्नका उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।

भर्चुअल कक्षाका लागि १० करोड बजेट, प्रधानाध्यापकले ५ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं : सरकारले भर्चुअल माध्यमबाट सिकाइ प्रक्रिया अगाडि बढाउन १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै प्रत्येक प्रदेशका २० विद्यालयमा इन्टरनेटलगायत माध्यमबाट पढाउन डिजिटल सामाग्री खरिद गर्न बजेट छुट्याएको बताएका हुन्।त्यस्तै, उनले प्रधानाध्यापकलाई तालिम सञ्चालनलगायत शैक्षिक क्रियाकलापका लागि ५ लाखसम्म खर्च गर्नसक्ने व्यवस्था गरेको जानकारी दिए।

उर्जा क्षेत्रको विकासमा ७५ अर्व १० करोड बजेट

सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्षको बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।

दाङका कृषकलाई १० करोड राहत

काठमाडौं । दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो । क्षति भएको लामो समयपछि संघीय सरकारले सो रकम पठाएको हो । गत आखिरी र कात्तिको पहिलो साता भएको बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैँया […]

लुम्बिनी प्रदेश सरकारले माग्यो कोरोना रोकथामका लागि संघीय सरकारसँग १० करोड बजेट

लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामको लागि संघीय सरकारसँग १० करोड रुपैयाँ बजेट माग गरेको छ । मुख्यमन्त्री कूल प्रसाद केसीले कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरे ।  उक्त बजेटबाट रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा होल्डिङ सेन्टर स्थापना गरी अगाडि बढाउने प्रदेश सरकारको योजना छ । केसीले कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडि बढेको बताए । सीमा नाकाबाट बेपरवाह मानिसहरु भित्रिँदा अहिले लुम्बिनीमा संक्रमण तीब्र रुपमा फैलिएको &...

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

काठमाडौं। भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९का लागि एक अर्ब ९३ करोड २० लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १० औं नगरसभामा बिहीबार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गरेकी हुन्। बजेटको चालु खर्चतर्फ एक अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंयाँ विनियोजन गरिएको छ।

जिल्ला अस्पताललाई १० करोड बजेट विनियोजन

कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा एक/एक करोड बजेट प्रदान गर्ने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा. एक/एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री […]