काठमाडौं : सरकारले भर्चुअल माध्यमबाट सिकाइ प्रक्रिया अगाडि बढाउन १० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै प्रत्येक प्रदेशका २० विद्यालयमा इन्टरनेटलगायत माध्यमबाट पढाउन डिजिटल सामाग्री खरिद गर्न बजेट छुट्याएको बताएका हुन्।त्यस्तै, उनले प्रधानाध्यापकलाई तालिम सञ्चालनलगायत शैक्षिक क्रियाकलापका लागि ५ लाखसम्म खर्च गर्नसक्ने व्यवस्था गरेको जानकारी दिए।