पर्वत : गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भएको छ।अनुसन्धान र नवप्रवर्तनका लागि चालु आर्थिक वर्षको बजेटबाट रकम विनियोजन भएको र अब कार्यविधि अनुसार बजेट प्रयोग गर्न पाउने भएपछि अनुसन्धानका काम अघि बढाउने अनुसन्धानकर्ता महावीर पुनले बताए। पहिले नै बजेटको व्यवस्था भएको भए पनि कार्यविधि निर्माणमा ढिलाइ हुँदा अनुसन्धानका लागि आह्वान गर्न नसकिएको उनको भनाइ छ। गत साउन महिनामा नै कार्यविधि तयार हुनुपर्नेमा हालै मात्रै तयार हुनुले पनि काम अघि बढाउने बाटो