काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गर्नुभएको छ ।
लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो । त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई लगिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसअघि २०७५ साउनमा सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो । सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी भएको पुष्टि गरेको थियो ।
त्यसपछि २०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पतालमा उपचार गराइएको थियो २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत लगियो । तर पनि स्वास्थ्यमा सुधार भएन।