प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास गर्न खोजिएको त होइन भनेर प्रश्न उठेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा बोलाइएको बताएकी छन् । समितिले एसपीपी सम्झौता र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे छलफलसहित प्रस्ट पार्न आइतबार प्रधानमन्त्री देउवालाई बोलाएको थियो । ‘एमसीसी व्याख्यात्मक घोषणासहित पास भयो र एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास हुने त होइन ? जनताले यो आवाज उठाइरहेका छन्&